पर्वत महोत्सवमा भलिवल प्रतियोगिता जारी आज तीनवटा खेल

पर्वत– पर्वतको कुश्मामा भैरहेको पर्वत महोत्सवमा आयोजित भलिवल प्रतियोगितामा चार वटा समूहका बिच प्रतिस्पर्धा भएको छ । अन्तर नगर स्तरिय भलिवल प्रतियोगितामा आज फलेवास नगरपालिका र जलजला गाउँपालिका बिच भएको खेलमा जलजला गाउँपालिका बिजयी भएको छ । पैयुँ गाउँपालिका र जैमिनी नगरपालिका बिचको प्रतिस्पर्धामा जैमिनी नगरपालिका बिजयी भएको छ । आज गल्कोट नगरपालिका र कुश्मा नगरपालिका , विहादी गाउँपालिका र उद्योग वाणिज्य संघ र मोदी गाउँपालिका र कुशमा नगरपालिका बिच प्रतिस्पर्धा हुने भएको छ ।