निवर्तमान उपसभामुख तुम्बाहाम्फेलाई मन्त्री बनाउने तयारी


काठमाडाैँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने तथा पार्टीभित्र उचित जिम्मेवारी दिने आश्वासन दिएका छन्। उपसभामुख पदबाट राजीनामा दिनुअघि सोमबार बिहान बालुवाटारमा बोलाएर दुवै अध्यक्षले उनलाई नयाँ जिम्मेवारीको आश्वासन दिएका हुन्।

दुई अध्यक्षले संसदीय दलका उपनेता सुवास नेम्बाङ र पार्टी महासचिवलाई समेत सँगै राखेर आश्वसन दिएको स्रोतले बतायो। दुई अध्यक्षसँगको भेटपछि तुम्बाहाम्फेले पदबाट राजीनामा दिएकी हुन्। बालुवाटारबाट नेम्बाङसँगै फर्केकी तुम्बाहाम्फे लामो समयसम्म उनैसँग छलफलमा बसेकी थिइन्।

पार्टी महासचिव विष्णु पौडेलले तुम्बाहाम्फेलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइने बताए। ‘उहाँलाई पहिला केन्द्रीय सदस्यको जिम्मेवारी दिइनेछ त्यसपछि सार्वजनिक राजकीय जिम्मेवारी पनि पाउने सम्भावना छ’, पौडेलले नागरिकसँग भने।

अहिले कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्यमन्त्रीसमेत रहेका भानुभक्त ढकाल र सहरी विकास मन्त्रालयको जिम्मेवारी सूचना तथा प्रविधि मन्त्रीसमेत रहेका गोकुल बाँस्कोटाले पाएका छन्। तुम्बाहाम्फेलाई ती दुईमध्ये एक मन्त्रालयमा जिम्मेवारी दिएर पठाउने नेकपा स्रोतले जनाएको छ। ‘एक साताभित्रै जिम्मेवारी दिने कुरा भएको छ। ढिलो भए सभामुख निर्वाचनको प्रक्रियालगत्तै उहाँलाई मन्त्री बनाइनेछ’, नेकपा स्रोतले भन्यो। यो खबर आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’