नेकपा पर्वतका नेता भक्त कुँवरलाई मातृशोक

पर्वत/नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० पर्वतका जिल्ला कार्यालय सदस्य तथा युवा नेता भक्त कुँवरलाई मातृशोक परेको छ । कुँवरकी ७५ वर्षिया माता डिलकुमारी कुँवरको सोमवार साँझ ६ बजे निधन भएको छ ।
मोदी गाउँपालिका वडा नं। ५ बाजुङमा रहेको निवासमै उहाँको निधन भएको हो ।
स्वर्गिय कुँवरको आज मोदी गाउँपालिका वडा नंं। ५ पातीचौरमा दिउँसो १२ बजे दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।
स्वर्गिय कुँवरका तीन छोरा भक्त, भुपेन्द्र र डम्बर कुँवर रहेका छन् । उहाँ लामो समयदेखि दम र पछिल्लो समय नशासम्वन्धी समस्याले पिडित हुनुहुन्थ्यो । आइतबार अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको थियो। अस्पतालले स्वास्थ्य अबस्थामा सुधार नआउने भनेपछि उहाँलाई घर ल्याइएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’