ज्ञापनपत्र बुझाउँदा प्रजिअ बिरुद्ध कांग्रेस कार्यकर्ता आक्रोशित , जरुरी कार्यक्रम पुगेर फर्कदा थोरै ढिलो भयो -प्रजिअ नेपाल

पर्वत/ सूचना प्रविधि विधेयक लगायत सरकारका निर्णय सच्याउन माग गर्दै नेपाली कांग्रेस पर्वतले जिल्ला प्रशासन कार्यालय पर्वत मार्फत बिरोधपत्र बुझाएको छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा पुगेका नेता कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल मार्फत बिरोधपत्र बुझाएका हुन ।
बिरोधपत्र बुझाउन पुगेका कांग्रेस कार्यकर्ताहरु र प्रजिअ नेपालका बिचमा समयको कारणले बिबाद समेत भएको छ । नेपाली कांग्रेसले आइतबार दिउँसो १२ बजे समय लिएपनि साढे १२ बजे सम्म नपुगेपछि प्रजिअ नेपाल अर्को कार्यक्रममा पुगेकी थिइन । त्यसपछि ज्ञापनपत्र लिएर पुगेका कार्यकर्ताहरु प्रजिअ नभएको भन्दै आक्रोशित भएका थिए । आक्रोशित कार्यकर्ताहरुले विरोधपत्र बुझाउन आधाघण्टा भन्दा बढी प्रतीक्षा गर्नु परेको भन्दै प्रजिअका बिरुद्ध आक्रोश पोखेका थिए । आक्रोशित कार्यकर्ताहरुले प्रशासनको मूलगेटमै धर्ना दिएका थिए । ‘मुलुकको प्रमुख प्रतिपक्षी दलले समय मागेर कार्यालयमा पुग्दा प्रजिअ बाहिर जानुले हामीलाई गम्भीर बनाएको छ, प्रजिअले काँग्रेसका प्रति गरेको नजरअन्दाजको पार्टीले नोटिस गरेको छ ।’काँग्रेस केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले भन्नुभयो ।
प्रजिअ नेपाल भने तोकिएको समय भन्दा आधा घण्टा ढिलो सम्म कार्यालयमा कुरेपनि नआएपछि जिल्ला प्रहरी कार्यालयमा भएको अन्तरकृया कार्यक्रममा पुगेको बताउनुभएको छ । महान्यायधीवक्ता कार्यालयबाट मुद्दाका बिषयमा छलफल र अन्तरकृया गर्न आएका कारण छोटो समयका लागि जिप्रका गएपछि नेपाली कांग्रेसको बिरोध पत्र बुझाउने टोली अफिस आएको सुचना पाएपछि तुरुन्तै फर्केको उहाँले बताउनुभयो । ‘उहाँहरुले १२ बजेलाई समय लिनु भएको थियो, साढे १२ बजे सम्म कार्यालयमा नै थिए’ उहाँले भन्नुभयो ‘अर्को जरुरी कार्यक्रममा गएपनि टोली आएपछि बोलाउन भनेको थिए, जिप्रकाबाट आउँदा १५ मिनेट ढिलो भएको हो त्यसलाई नै गलत ढंगले प्रचारबाजी भयो’

प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझाइएको विरोधपत्र पार्टी सभापति खिमप्रसाद भुसालले पढेर सुनाउनु भएको थियो । विरोधपत्र बुझेपछि प्रजिअ कल्पना घिमिरे नेपालले पत्र जस्ताको तस्तै केन्द्र सरकारलाई पठाइदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सरकारका विभिन्न गलत कामहरुको विरुद्धमा नेपाली काँग्रेसले आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’