गायक कृष्ण समीपको ‘चल न माया चल’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं– चर्चित गायक कृष्ण समीप सुवेदीको ‘चल न माया चल’ गीत सार्वजनिक भएको छ। शुक्रबार गायक समीपको गीत युट्युबमार्फत् सार्वजनिक भएको हो।

नेपालको सांस्कृतिक विविधतालाई ‘फ्युजन’ गरेर तयार पारिएको चल्न माया चल गीत सार्वजनिक गरिएको हो।

गीतमा विभिन्न क्षेत्रको सांस्कृतिक परम्परा र परम्परागत शब्दहरुलाई समेट्ने प्रयास गरिएको उक्त गीतका शब्द संकलक र संगीतकारसमेत रहेका गायक समीपले बताए।

यसअघि पनि विभिन्न क्षेत्रमा पुगेर त्यहाँका भाकाहरुलाई फ्युजन गरी आफ्नो एल्बममा प्रस्तुत गर्ने गरेका समीपले यसपटक गीतको बोलमा नै सुदूरपश्चिममा प्रयोग हुने भाषालाई प्रधानता दिएका छन्।

सुदूरपश्चिम क्षेत्रमा ‘चल न माया चल’ को अर्थ जाउँ न माया जाउँ हुने उनले बताए।

थुप्रै चर्चित गीतहरुका सर्जकसमेत रहेका कृष्ण समीपको ‘शिरशिर बतास, मेरो हितैको मायालु कुन्नी कता छ’ गीत अझै पनि धेरैको स्मरणमा रहेको छ।

रागा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको चल न माया चल गीतमा आशिष अविरलको म्युजिक एरेन्ज रहेको छ।

त्यस्तै म्युजिक भिडियोमा सुन्दर र जुना सुन्दासलाई फिचरिङ गरिएको छ भने सन्तोष राजबाहकको निर्देशन छ।

ज्ञानेन्द्र शर्मा हुमागाईँको छायांकन रहेको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’