पशुपतीको स्वर्ण महोत्सव सकियो : प्रविधियुक्त शिक्षाको विकासका राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको जोड

पर्वत/राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अब प्रत्येक सामुदायिक विद्यालयमा प्रविधियुक्त शिक्षाको विस्तार गर्नुपर्ने बताउनुभयो । परम्परागत शिक्षा केवल बेरोजगार जनशक्ति उत्पादन गर्ने माध्यम बनेको बताउँदै टेक्निकल शिक्षालाई सर्वसुलभ बनाउनुपर्नेमा जोड दिनुभयो ।
पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जादेउरालीमा रहेको पशुपती माविको स्वर्ण महोत्सव समान समारोहलाई बिहीवार सम्वोधन गर्दै अध्यक्ष तिमिल्सिनाले एक स्थानीय तहमा एउटा सुविधासम्पन्न प्राविधिक शिक्षालय स्थापना गर्न सकेमा बढ्दो पलायनदर घट्ने बताउनुभयो । उहाँले कम्तीमा कक्षा १२ सम्म अध्ययन गरेपनि कोहिपनि युवा बेरोजगार भएर बस्नुपर्ने अवस्था नआओस भन्नेतर्फ तीनै तहका सरकारले सोच्नुपर्ने बताउनुभयो ।
आफुले अध्ययन गरेको विद्यालयको कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले शिक्षा र पूर्वाधारमा राजनीति नगर्न आग्रह गर्नुभयो ।
अहिले मुलुकभर भौतिक पुर्वाधारका योजनाहरुले पश्रय पाईरहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अब मुलुक विकास र समृद्धिको युगतमा लम्कीरहेको बताउनुभयो । उहाँले सरकारले पनि बजेट खर्चलाई तीब्रता दिन थालेको बताउँदै पूर्वाधार निर्माणका काम प्रभावकारी र गुणस्तरी बनाउन आग्रह गर्नुभयो ।
अर्को प्रसंगमा अध्यक्ष तिमिल्सिनाले संघीय संसदमा देखिएको गतिरोध चाडै हट्ने विश्वास समेत ब्यक्त गर्नुभयो । दलिय सहमतिबाट टुंगिने सभामुखको चयन प्रकृयाले चाडै पुर्णता पाउने र रोकिएका विधेयकहरु छिट्टै टुंगो लाग्ने बताउनुभयो ।
उहाँले पशुपती माविलाई नमुना विद्यालयको रुपमा विकास गर्न सवै पक्षको सहकार्य र सहभागिता आवश्यक रहेको बताउनुभयो । विद्यालयमा प्राविधिक शिक्षा संचालनका लागि आवश्यक सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउँदै संकलित रकमको सहि सदुपयोग गर्न आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य गुप्त हमालले मुलुक विकास र समृद्धिको दिशामा अघि बढेको बताउँदै अब ढुक्क भएर काम गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले विकास निर्माणका कामहरुमा नागरिकको निगरानी बढाउन आग्रह गर्दै सरकारले गरेका कामहरुलाई प्रभाकारी बनाउन तल्लो तहसम्मका कार्यकर्ताहरु एकजुट भएर लाग्न आग्रह गर्नुभयो । उहाँले विद्यालयको शैक्षिक स्तर बृद्धिका लागि सवैले सहकार्य गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले विद्यालयलाई सहयोग गर्ने दाताहरुलाई सम्मान पनि गर्नुभएको थियो । स्वर्ण महोत्सव समापनको अवसरमा सात दिनसम्म विभिन्न कार्यक्रम गरिएको थियो । कार्यक्रमको संचालन मुल आयोजक समितिका सचिब रमेश केसीले गर्नुभएको थियो । यो सँगै एक वर्षदेखि विद्यालयले मनाएको स्वर्ण महोत्सवका सवै कार्यक्रमहरु सकिएको आयोजक समितिका सचिब केसीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’