पश्चिमी न्यून चापीय प्रणालीका कारण तीन दिन वर्षा र हिमपातको सम्भावना, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ । बुधबार साँझ पश्चिमी न्यून चापीय प्रणालीट नेपाल प्रवेश गर्दैछ । यस प्रणालीका कारण बुधबार राती देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपात को सम्भावना रहेको छ ।

यो प्रणालीका कारणले बिहीबार देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुनुका साथै थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।

साथै, मध्य तथा पश्चिमी पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र सोहि भू–भागका १–२ स्थानहरुमा भारी वर्षाको सम्भावना समेत रहेको छ । देशको पूर्वी भू–भागमा बिहीवार आंशिक देखि सामान्य बदलि भई १–२ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यस प्रणालीको प्रभाव देशभर शुक्रबार सम्म नै रहने र शुक्रबारसमेत वर्षा र हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मौसमको अवस्था :

देशको तराई भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको छ साथै मध्य तथा पश्चिमी पहाडी भू-भागका केहि स्थानमा सामान्य हुस्सु/कुहिरो लागिरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १ गते (बुधबार)

दिउँसो : देशको पुर्वी तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः पश्चिमी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

माघ २ गते (बिहिबार)

दिउँसो : देशको मध्य तथा पश्चिमी भू-भागमा सामान्य बदली भई पुर्वी भू्-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको साथै पश्चिमी तथा मध्य उच्च पहाडी/हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातीः देशको मध्य तथा पश्चिमी भू-भागमा सामान्य देखि पुर्ण बदली रही पुर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा साथै पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।उच्च पहाडी/हिमाली भेगका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।मध्य तथा पश्चिमी उच्च पहाडी/हिमाली भेगका केहि स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ।
माघ ३ गते (शुक्रबार)

दिउँसो : देशको मध्य तथा पुर्वी भू-भागमा सामान्य देखि पुर्ण बदली रहनेछ साथै पश्चिमी भू-भागमा आंसिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।उच्च पहाडी/हिमाली भेगका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।मध्य तथा पुर्वी उच्च पहाडी/हिमाली भेगका केहि स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ।

रातीः देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा हल्का वर्षा साथै उच्च पहाडी/हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’