द्रूतमार्ग र निजगढ विमानस्थल बनाउन बजेट अभाव हुन्न : अर्थमन्त्री डा.खतिवडा

काठमाडौं/अर्थमन्त्री डा. युवराज खतिवडाले निजगढ विमानस्थल, फास्ट ट्रयाक तथा रेलमार्ग निर्माणमा बजेट अभाव नहुने बताएका छन् ।

तीनै आयोजनाको निरीक्षणमा निस्केका मन्त्री खतिवडाले काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिँदै कुनै हालतमा पनि स्रोतको अभाव नहुने बताए ।

मन्त्री खतिवडाले आयोजना सञ्चालन र निर्माणका लागि सबै निकायले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए । परियोजनाको स्थलगत अनुगमनमा पुगेका मन्त्री खतिवडाले प्राविधिक काम सम्पन्न गर्न निर्देशन दिँदै स्रोतको व्यवस्थापन सरकारले गर्ने बताए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका पदाधिकारीलाई निर्देशन दिँदै उनले आयोजनापूर्वको तयारी सक्न र आयोजना सुरु भएपछि स्रोतको जिम्मा अर्थ मन्त्रालयले लिने प्रतिवद्धता जनाए ।

बारामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तथा काठमाडौं–निजगढ द्रुतमार्ग तथा धनुषामा रेलमार्ग निर्माणाधीन छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’