सामाजिक संजालमा हस्तमैथुन गरेको भिडियो भाइरल बनाएको अभियोगमा पक्राउ

काठमाडौं ।अश्लिल भिडियो बनाई सामाजिक संजालमा भाइरल बनाउने तनहुँ अरुणोदय घर भई चितवन भरतपुर उपमहानगरपालिका बिकासचोक बस्ने २१ वर्षीय रबिन सार्की भन्ने रविन रुचाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

रबिनले २०७५ माघ ११ गते सार्वजनिक बसमा हस्तमैथुन गरेको भिडियो सामाजिक संजालमा र प्रोनसाइडमा अपलोड गरेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखाबाट अनुसन्धान गरी जिल्ला प्रहरी कार्यालय चितवनसँग समन्वय गरी पक्राउ गरिएको हो ।

रबिनले १ वर्ष अगाडि सार्वजनिक बसमा अश्लिल भिडियो बनाई सामाजिक संजालमा पोष्ट गरेर भाइरल भएपछि सामाजिक संजाल प्रयोगकर्ताले संजाल मार्फत नै गालीगलौज गरेका थिए । त्यसपछि सन् २०१९ को फेब्रुअरीमा भागेर भारतको दिल्लीमा गई बसेको र २र३ महिना अगाडि चितवनस्थित आफ्नै घरमा आई बसेको अनुसन्धानबाट खुल्न आएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’