बोली फेरे भुसालले -एक सातामा दुई पार्टीमा


पर्वत/ पर्वतको जलजलाका एक युवाले एकै सातामा दुईपटक पार्टी परिवर्तन गरेर अहिले चर्चामा छन् ।
जलजला ६ शालिजाका नारायण भुसालले नेपाल कम्युनिष्ट पार्टीमा प्रबेश गरेको एक साता नपुग्दै आफुँ कांग्रेसमै रहेको भनेर बोली फेरेका हुन ।
नेकपाका जिल्ला अध्यक्ष तथा साँसद पदम गिरीको हातबाट टिका र खादा लगाउँदै नेकपाको पार्टी कार्यलयमै पुगेर पार्टी प्रबेश गरेका भुसालले बिहीबार भने कांग्रेस नेताहरु संग भेटेरै आफुँ कांग्रेसमै रहेको दाबी गरेका छन ।
भुसालले विहिवार कुश्मास्थित पार्टी कार्यालयमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी र जलजला गाउँपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेसका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)समक्ष आफू काँग्रेसप्रति निष्ठापूर्वक लागिरहने प्रतिवद्धता समेत गरेका छन् । उनले आफू केहीदिन पहिले सांसद पदम गिरीलाई भेट्न गएको बेला पार्टी प्रवेशको हल्ला चलाएको दावी गरे ।