बरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई पर्वतमा सम्मानित

पर्वत- बरिष्ठ मुटुरोट बिशेषज्ञ डा. अनिल भट्टराईलाई गृह जिल्लामा सम्मान गरिएको छ । जिल्लाका राजनीतिक अगुवा स्वर्गिय अमृतप्रसाद जोशीको १२ औँ स्मृति दिवस
मा बरिष्ठ मुटु रोग विशेषज्ञ क्टर अनिल भट्टाराईलाई सम्मान गरिएको हो।सम्पन्न भएको छ ।

अमृत जोशी स्मृति प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा एसईई परिक्षामा उत्कष्ठ अंक ल्याएर उत्तिर्ण हुने नवजागृती मावि तिलाहारका छात्र गणेश शर्मा र सोही विद्यालयकी छात्रा अनिता शर्मालाई नगद सहित सम्मान गरेको छ । त्यस्तै नेपाल जेसिसले आयोजना गरेको राष्ट्रियस्तरको वक्तृत्वकला प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्ने पर्वतकी निरुता शर्मालाई नगद सहित सम्मान गरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले मृगौला रोगवाट पीडित कुश्मा नगरपालिका–४ की बिनिता परियारलाई नगद १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको अमृत जोशी स्मृति प्रतिष्ठान नेपालका सचिव माधव पौडेलले जानकारी दिनुभयो ।


बोल्दै प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् अमृतप्रसाद जोशीका जेष्ठ सुपुत्र अर्जुनप्रसाद जोशीले अमृतप्रसाद जोशीको राजनीतिक प्रेरणा आफ्नो राननितिक जीवनको सर्वोत्तम पुँजी भएको बताउनु भएको थियो ।
नेता जोशीले अमृत जोशी लामो समय पर्वत जिल्ला पञ्चायतको सभापतिजस्तो महत्वपूर्ण पदमा बसेर पनि निष्कलंक र सर्वमान्य व्यक्तिका रुपमा परिचित हुनसक्नु उहाँको सबैभन्दा ठुलो त्याग भएको बताउनु भयो । कार्यक्रममा बरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर अनिल भट्टाराईले आफ्नै गृह जिल्लामा सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै समाज र देशप्रति आफ्नो दायित्व झन बढेको बताउनु भयो ।

नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुषालपैयँु गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, कुश्मा नगरपालिका उपमेयर सिताकाफ्ले लामिछाने, संविधानसभाका सदस्य कल्पना चापागाई, नेपाली काँग्रेस प्रदेश सभा ‘ख’ का उम्मेदवार राजेन्द्रप्रदसाद तिवारी, अमृत जोशी स्मृति प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष लोकनाथ आचार्य, पूर्व सम्मानित व्यक्तित्व तोयनाथ चालिसे, नेकपा कुश्मा नगरपालिका अध्यक्ष शंकर गिरी, पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी,जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदी, उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।

अमृत जोशीको जीवनीवारे प्रतिष्ठानका पूर्व सचिव एवम् सल्लाहकार कमलनाथ शर्माले प्रकाश पार्नुभएको थियो । अमृत जोशी स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष गंगाधर तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सल्लाहकार ख्यामनाथ शर्माले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव माधव पौडेलले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’