इराकमा रहेका नेपाली शान्ति सेनालाई सतर्कता अपनाउन जंगी अड्डाले दियो निर्देशन

काठमाडौं : शान्ति स्थापनार्थ मध्पूर्वी मुलुक इराकमा रहेका नेपाली सेनालाई सतर्कता अपनाउन जंगी अड्डाले निर्देशन दिएको छ।

सैनिक जनसम्पर्क निर्देशनालयले बुधवार विज्ञप्ती निकालेर शान्ति सेनालाई उच्च सुरक्षा सर्तकताका साथ रहन निर्देशन दिइएको जनाएको छ।

सैनिक जनसम्पर्क निर्देशनालयले लेबनन र सिरियामा तैनाथ युनिटलाईसमेत उच्च सुरक्षा सर्तकता अपनाउन निर्देशन दिएको छ। सेनाले इराकमा तैनाथ नेपाली शान्ति सैनिक सकुशल रहेको पनि जानकारी दिएको छ।

संयुक्त राष्ट्रसंघको सहयोग मिसन अन्तर्गत नेपाली सेनाको गार्ड युनिट इराकको किर्कुक र इरबिलमा तैनाथ छ।

‘इराकमा तैनाथ सैनिक युनिटलाई विशेष सुरक्षा सर्तकता अपबलम्वन गर्न भनिएको छ’, निर्देशननालयले भनेको छ,’परिस्थितिको निरन्तर अनुगमन गर्न र सेनाको मिसन मुख्यालय तथा शान्ति सेना सञ्चालन निर्देशनालयको निरन्तर सम्पर्कमा रहन निर्देशन दिएका छौँ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’