श्याम परदेशीभन्दा खुंखार साहुकार भेटिए, न्याय माग्दै पीडित पुगे काठमाडौं

काठमाडौं / लाख ऋण दिएर करोडको तमसुक बनाउने श्याम परदेशीभन्दा पनि खुंखार साहुकार भेटिएका छन्।

सर्लाहीको बरहथवाका रामबाबु राय र ब्रम्हपुरीका सञ्जय साह रौनियारले ऋण दिएबापत जग्गा बन्धकी राख्नेमात्र होइन, रजिष्ट्रेसन नै पास गरेर लिने गरेका समाचार नयाँ पत्रिका दैनिकमा छ।

राय र रौनियारबाट पीडित एक समूह न्याय माग्दै काठमाडौँ आएको छ। ऋण दिँदा उनीहरुले बन्धकी मात्र होइन, रजिस्ट्रेसन नै पास गरेर घरजग्गा नै कब्जामा लिएका छन्। सर्लाही आसपासका १५ सय परिवार उनीहरुबाट पीडित छन्।

जनतालाई लाख ऋण दिएर करोडको तमसुक बनाउने रामबाबु रामबाबु राय यादव राजपा केन्द्रीय सदस्य हुन्। सञ्जय रौनियार गत निर्वाचनमा नयाँ शक्तिका प्रदेश सभा उम्मेदवार भएका थिए। उनीसँग भारती नागरिकता पनि छ। रामबाबु रायले रामप्रवेश महतोलाई ८ लाख ६२ हजार लिएका थिए। त्यसको साउँ व्याज गरी उनले ५१ लाख असुल गरे। तर, ऋण चुक्ता नभएको भन्दै जग्गा नै कब्जा गरेका छन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’