दलित भएको भन्दै श्रीमतीको हत्या, दुई वर्षपछि खुल्यो रहस्य

उदयपुर / उदयपुरको कटारी नगरपालिकामा बुहारी दलित भएको थाहा पाएपछि परिवारनै मिलेर हत्या गरेको रहस्य २ बर्षपछि प्रहरीले पत्ता लगाएको छ।

जिल्लाको कटारी नगरपालिका ४ सिम्लेमा उदयपुरगढी ५ बाहुनीटारका १७ वर्षीया संगिता विश्वकर्मालाई उनकै श्रीमान युवराज कार्की, ससुरा नैनबहादुर कार्की र देवर सुजन कार्कीले हत्या गरेको रहस्य पत्तालागेको हो।

२०७४ साल कार्तिक १४ गते सिम्लेस्थित जंगलमा सढेको अवस्थामा शव फेला परेको थियो। लामो अनुसन्धानपश्चात प्रहरीले हत्या भएको भन्दै गत २२ मंसिरमा देवर सुजन कार्कीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले जानकारी दिए। कटारीबाटै सुजनलाई नियन्त्रणमा लिएर गरिएको अनुसन्धानपश्चात बुवा नैनबहादुर र दाजु मृतकका श्रीमान युवराज कार्कीलाई काठमाडौंको कपनबाट गत २३ मंसिरमा नियन्त्रणमा लिइएको डिएसपी केसीले बताए। ‘सुजनलाई पक्राउ गरेपछी अन्य दुईजना काठमाडौंमा रहेका खुल्नासाथ पक्राउ गर्यौ’, ’डिएसपी केसीले भने, ‘फरार तीनैजना पक्राउ गर्न नियमित अनुसन्धान गरिरहेका थियौं।’

अनुसन्धानका क्रममा युवराजले विवाह गरी ल्याएका संगिता विश्वकर्मा दलित रहेको थाहा पाएपछी परिवार नै मिलेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ। फोन सम्पर्कबाट आपसमा सम्बन्ध जोडेका युवराज र संगिताले भागी बिवाह गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको र जिल्ला अदालत उदयपुरमा आइतबार पेश गरिएको छ। अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको डिएसपी केसीले बताए।

मृतक संगिताको परिवारले २ बर्ष अघि नै प्रहरीमा जाहेरी दिएको थियोे। घटनापश्चात् भारतको दार्जिलिङ पुगेका उनीहरु त्यसपछि नेपाल आएका थिए। सुराकीका आधारमा सुजन कार्की फेला परेपछि नैनबहादुर र युवराज काठमाडौंबाट पक्राउ परेका थिए। पक्राउ गर्नका लागि ईलाका प्रहरी कार्यालय कटारीबाटै प्रहरी खटाईएको थियो। ‘परिचय कार्यक्रममै यो घटना रहस्यमय रहेको गुनासो आएपछि गम्भीर रुपमा अनुसन्धानमा लागेका थियौं,’ डिएसपी केसीले भने, ‘अन्ततः अनुसन्धानको केही समयपछि पक्राउ गर्न सफल भयौं।’ डिएसपी केसिको सक्रियतामा हत्या भाको २ वर्ष लामो अनुसन्धानपछी प्रहरीले हत्याराहरुलाइ नियन्त्रण लिन सफल भएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’