गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचन – यस्तो छ चुनाबी गणित

राष्ट्रियसभा सदस्य पदका लागि गण्डकी प्रदेशबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले गण्डकी प्रदेशबाट मनोनयन दर्ता गराएका छन् ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव र प्रदेश सभासदस्य दिलमाया रोकाको समर्थनमा श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरी, उम्मेदवार भगवती न्यौपानेले नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ समर्थक र पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङको समर्थनमा उमेदवारी दर्ता गराएकी छन् ।

नेकपाका प्रवक्तासमेत रहेका श्रेष्ठ पूर्वमाओवादी र न्यौपाने पूर्वएमाले हुन् । न्यौपाने तनहुँबाट मेयरमा उठेर पराजित भएकी थिइन् । श्रेष्ठ पनि गोरखामा प्रतिनिधि सभामा चुनावमा डा.बाबुराम भट्टराईसँग पराजित भएका थिए । श्रेष्ठ गोरखाका हुन् भने न्यौपाने तनहुँकी हुन् ।

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य चुनावका लागि आइतबार उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम तय गरेको थियो । २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २२ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने र २३ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।

२४ गते उम्मेदवारले नाम फिर्ता लिने, २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न प्रदान कार्यक्रम रहेको आयोगले जनाएको छ । माघ ९ गते बिहान १० देखि ४ बजेसम्म मतदान कार्यक्रम तोकिएको छ । आयोगका अनुसार मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ ।

गण्डकी प्रदेशमा कांग्रेसका सुरेन्द्रराज पाण्डे र विन्दा देवी आले (राना) को पदावधि सकिन लागेकाले उनीहरूको ठाउँमा निर्वाचन हुँदैछ । गण्डकी प्रदेशमा नेकपाको बहुमत भएका कारण जित सुनिश्चित छ । यसअधि कांग्रेसले जितेको दुई सिट यस पटक नेकपाको पोल्टोमा जाने निश्चित छ ।

गण्डकीको अंकगणित यस्तो छ
गण्डकी प्रदेशसभाका ६० सदस्यमध्ये ३९ सिट नेकपाको छ । प्रदेशसभामा कांग्रेसका १५, समाजवादीका २, राष्ट्रिय जनमोर्चाका ३ र स्वतन्त्र १ सदस्य छन् ।

गण्डकीका ८५ स्थानीय तहका १ सय ७० मध्ये ८२ मतदाता नेकपाका छन् । स्थानीय तहमा कांग्रेस ८१, राप्रपा २, जनमोर्चा ३ र स्वतन्त्र २ जना छन् । स्थानीय तहमा कांग्रेस नेकपाको मतान्तर धेरै नभए पनि प्रदेशसभा सदस्य र स्थानीय तहको मतान्तर संख्या ३० छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका मतदाताको मतभार १८ निर्धारण गरिएको छ । गण्डकीमा स्थानीय तहको ३ हजार ६० र प्रदेश सभातर्फ २ हजार ८ सय ८० गरी ५ हजार ९ सय ४० मतभार छ ।सिलापत्रबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’