अनेरास्ववियुले यसरी टुंग्यायो एकता

काठमाडौं/सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले केन्द्रीय कमिटीको टुंगो लगाएको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी एक भएर बनेको अनेरास्ववियुले शुक्रबार केन्द्रीय कमिटीको टुंगो लगाएको हो । ऐन महर संयोजक र रञ्जित तामाङ सहसंयोजक तोकिएकाको अनेरास्ववियुले ३३५ सदस्यीय केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो ।

बैठकले तत्कालीन एमाले समर्थित विद्यार्थी संगठनबाट १८० र तत्कालीन माओवादी समर्थित अखिल क्रान्तिकारीबाट १५५ जनाको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति विस्तार गरेको छ । त्यस्तै, केन्द्रीय कमिटीको सचिवालय १११ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

संगठनमा केन्द्रीय कमिटीका अतिरिक्त अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गरी ३ वटा केन्द्रीय निकाय पनि गठन हुने अनेरास्ववियू संयोजक र सहसंयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’