पर्वतमा गण्डकी प्रदेशका जिल्ला अस्पतालका अध्यक्षहरुको पहिलो भेला सम्पन्न, पहाडीको नेतृत्वमा बन्यो समन्वय समिति

पर्वत/ गण्डकी प्रदेशका विभन्न जिल्लामा संचालित अस्पतालहरुका अध्यक्ष लगायत पदाधिकारीहरु पर्वतमा जम्मा भएर अनुभव आदानप्रदान गरेका छन् ।
जिल्ला अस्पताल विकास समिति पर्वतद्धारा पहिलोपटक आयोजित छलफलवाट दश बुँदे साँझा एजेण्डा जारी गर्दै सम्पन्न भएको हो ।
भेलाले अस्पतालहरुमा समस्याको रुपमा रहेको दरवन्दी माग गर्ने र दरवन्दी निश्चित गर्न तत्काल ओ एण्ड एम गर्ने, अस्पताल संचालनका लागि अनुदान बृद्धि गर्न माग गर्ने, अस्पतालहरुमा आवश्यक विशेषज्ञ, कन्सल्टेन्ट, मेडिकल अधिकृत, ल्याव, फार्मेसी काज जनशक्ति तत्काल व्यवस्था हुनुपर्ने, अस्पतालमा आउने बजेट सँगै कार्यविधि पनि आउनुपर्ने माग गरेको छ । भेलाले सवै अस्पतालहरुलाई सवारीसाधन दिनुपर्ने, समितिको आम्दानी समितिले नै संचालन गर्न पाउनुपर्ने, अस्पतालका समस्या तत्काल समाधान गर्नका लागि स्वास्थ्य महाशाखा, स्वास्थ्य निर्देशनालय, आपुर्ति, तालिम लगायतका निकायको भूमिका बढाउनुपर्ने माग पनि गरिएको छ ।
त्यसैगरी अस्पतालमा भएका उपकरणहरुको मर्मतका लागि वायोमेडिकल इन्जिनियरको सर्वसुलभ व्यवस्था गर्नुपर्ने, प्लम्वर र इलेक्ट्रिसियनको व्यवस्था गर्नुपर्ने, स्मार्ट सिस्टम सफ्टवयर लागु गर्नुपर्ने, अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मिका लागि आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने माग समेत भेलाले गरेको छ ।
सोहि भेलाले पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीको अध्यक्षतामा पाँच सदस्यीय गण्डकी प्रदेश अस्पताल व्यवस्थापन समन्वय समिति समेत गठन गरेको छ । जसमा मुस्ताङदेखि नवलपुरसम्मको प्रतिनिधित्व हुनेगरी सदस्यहरु रहनुभएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’