पर्वतको देउपुरका सुन्तला किन्न काठमाण्डौ देखि ब्यापारी घरघरमै

फोटो सौजन्य भूमिराज शर्मा, देउपुर
पर्वत / सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई उत्पादित सुन्तला बिक्रीका लागि भ्याई नभ्याई भएको छ ।
देउपुरका कृषकका बगैंचामा सुन्तला किन्नका लागि ब्यापारी काठमाण्डौ, पोखरा, नारायणगढ देखि बुटवलबाट घर घरमै आएका छन ।
मोदी गाउँपालिका वडा नं. २ देउपुरमा कृषकहरुले गएको बर्ष सम्म सहकारी मार्फत बिक्री गर्दै आएपनि यस बर्ष ब्यापारीलाई निजी ढंगले बगैंचा जिम्मा लगाएका छन । माछापुच्छे« सुन्तला सहकारी संस्था मार्फत बिक्री गरेपनि निजी हिसाबले नै बिक्री गर्न थालिएको सहकारीका अध्यक्ष दाताराम चापागाईले बताउनुभयो यस बर्ष राम्रो दाना लागेका कारण सुन्तला विक्रि गरेर कतिपयले दोब्बर आम्दानी समेत गरेका छन ।
सुन्तला टिप्नका लागि ब्यापारीका कामदारहरुले देउपुरका बगैंचा भरिएका छन । सुन्तला टिप्ने र लैजानेहरुका कारण मेला लागे जस्तै देखिन्छ । थोक ब्यापारीले बगैंचाबाट नै खरिद गरेपछि कृषकलाई पनि सहज भएको स्थानिय शिक्षक भूमिराज शर्माले बताउनुभयो । ‘देउपुरका सुन्तला यसपटक काठमाण्डौका बजारमा पुगेका छन’ शर्माले भन्नुभयो ‘
देउपुरका कृषक ख्यामराज पौडेलले ४ लाख रुपैंयामा सुन्तलाको बगैंचा बिक्री गरेको बताउनुभयो । गत बर्ष हिउँदमा पटक पटक आएको असिनाले असर गरेपनि ४ लाख रुपैंयामा एकमुष्ठ बिक्री गरेको उहाँको भनाई छ । ‘धेरैलाई बिक्री गर्नुभन्दा एकमुष्ठ जिम्मा लगाउन सजिलो हुँदो रहेछ’ उहाँले भन्नुभयो ‘काठमाण्डौ बिक्री गर्नका लागि बगैंचा जिम्मा लगाएको छु’
देउपुरकी अर्की कृषक भोजकुमारी चापागाईले ३ लाख रुपैंयामा सुन्तलाको बगैंचा नै बिक्री गर्नुभएको छ भने अर्का कृषक बाबुराम तिमिल्सिनाले २ लाख ८५ हजारमा सुन्तला बिक्री गर्नुभयो । देउपुरको माथिल्लो क्षेत्रमा असिनाले क्षति पु¥याएपनि कोरुङ्गा लगायतका क्षेत्रमा कमै मात्रमा क्षति पुगेको छ । यसले गर्दा गएको बर्ष उत्पादन कम भएपनि यस बर्ष राम्रो दाना लागेका कारण उत्पादन बढेको कृषक बाबुराम तिमिल्सिनाले बताउनुभयो । ‘यसबर्ष उत्पादन राम्रो भएको छ’ उहाँले भन्नुभयो ‘मल,बिउ, पानी र असिनाले पनि क्षति नपु¥याँदा गत बर्ष भन्दा राम्रो उत्पादन भएको छ।’
देउपुरका कृषकले यस बर्ष करिब ३ करोड मुल्यका सुन्तला बिक्री गर्ने अनुमान गरेका छन। विगत डेढ दशकदेखि गरिएको व्यावसायिक सुन्तलाखेतीबाट यहाँका कृषकहरुको मुख्य आम्दानीको श्रोत सुन्तला बनेको छ । परम्परागत रुपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकहरुले सुन्तला खेती गरिएपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन आएको छ । यहाँका एक सय ६० भन्दा बयि कृषक अन्य खेती छाडेर व्यावसायीक सुन्तला खेतीमा लागेका हुन् । साविक देउपुर गाविसमा सुन्तलाको सम्भाव्यता उच्च भएकाले विगत लामो समयदेखि सुन्तला खेतीलाई व्यावसायिक रुपमा शुरु गरेको माछापुच्छ«े सुन्तला समुहका अध्यक्ष दाताराम चापागाईले बताउनुभयो । उहाँले सुन्तला खेतीको बिस्तारका लागि अझै प्रयास गर्न जरुरी रहेको बताउनुहुन्छ ।
शुरुमा कोदो मकै मात्र लगाएर बस्ने गरेको ठाउँमा सुन्तला लगाएपछि वार्षिक रुपमा प्रत्येक परिवारको दुई देखि पाँच लाखसम्म कमाई हुन थालेको चापागाईँको भनाई छ । ‘मकै कोदो लगाउँदा २० हजार कमाई नहुने ठाउँमा सुन्तला लगाउँदा पाँच लाख कमाई हुन्छ,’ उहाँले भन्नुभयो ‘अहिले देउपुरका सबै घरमा २ लाख भन्दा बढि कमाउने कृषकहरु छन् ।’
शुरुमा केही कृषकहरुले परिक्षणका लागि सुन्तलाको विरुवा रोपेको र राम्रो उत्पादन हुन थालेपछि गाउँभरि नै रोपिएको कृषकहरुको भनाई छ । अहिले देउपुरका अधिकांश घरमा सुन्तला रोपिएको छ । नेपाल समाचारपत्र दैनिकले समाचार छापेको छ ।