साँस्कृतिक विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व -अध्यक्ष तिमिल्सिना

काठमाण्डौ / राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साँस्कृतिक विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ ।
तमु (गुरुङ)समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होसारको पावन अवसरमा गुरुङ समुदाय लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरुमा शुभकामना सन्देश दिदै राज्यले सबै भाष, संस्कृतको संरक्षण, सम्र्बद्धन र बिकास गर्नुपर्ने बताउनुभएको हो ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो अध्यक्ष तिमिल्सिनाले शुभकामना सन्देशमा अगाडी भन्नुभएको छ हाम्रो देशमा ठाउँ÷समुदाय विशेष अनुसार फरक–फरक भाषा, धर्म, संस्कृति, भेषभूषा रहेका छन्, जुन हाम्रो पहिचान पनि हो । यस्ता विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व हो । तमु समुदायले पनि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै जानुपर्छ ।
ल्होसार पर्वले तमु जाति लगायत सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने अपेक्षा गर्दै अध्यक्ष तिमिल्सिनाले गुरुङ समुदाय र समस्त नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।