नेपाली कांग्रेसबाट निर्वाचित मेयर महेन्द्रनगरको डान्स बारबाट युवतीसहित पक्राउ

महेन्द्रनगर/दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख (मेयर) अमरसिंह धामी कञ्चनपुरको महेन्द्रनगरस्थित एक डान्स बारबाट पक्राउ परेका छन् ।

नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित धामी महेन्द्रनगरस्थित ब्लू डान्स बारबाट पक्राउ परेका हुन् ।

डान्स बारमा मदिरा पिएर हो–हल्ला गरेपछि मेयर धामीसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले मेयर धामी सहितका व्यक्तिलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय महेन्द्रनगर स्रोतका अनुसार डान्स बारबाट मेयर धामीसहित केही युवतीलाई समेत नियन्त्रणमा लिइएको हो ।

डान्स बारमा काम गर्ने केही युवतीले आफूमाथि दुव्र्यवहार भएको भन्दै प्रहरीलाई सम्पर्क गरेपछि प्रहरीको टोली डान्स बार पुगेको थियो । वडा प्रहरी कार्यालयका एक प्रहरी कर्मचारीका अनुसार प्रहरीको टोली डान्स बार पुग्दा दुवै पक्षबीच विवाद चलिरहेको थियो ।

प्रहरीको टोलीले डान्स बारमा विवाद गर्ने व्यक्तिलाई पक्राउ गरेर केहीलाई जिल्ला प्रहरी कार्यालय र केहीलाई वडा प्रहरी कार्यालय पुर्‍याएको थियो । प्रहरीले नियन्त्रणमा लिएपछि धामीले आफू जनप्रतिनिधि भएको भन्दै आफूलाई तत्काल रिहा गर्न प्रहरी कर्मचारीलाई नै चेतावनी दिएका थिए ।

आइतबार राति पक्राउ परेका धामी सोमबार बिहान नै रिहा भइसकेका जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले डान्स बारमा हो–हल्ला गर्ने व्यक्तिलाई नियन्त्रणमा लिँदा मेयर धामी पनि केही समयका लागि जिप्रका आएको बताए ।

‘डान्स बारमा दुई समूहबीच विवाद भएको थियो । एउटा समूहले मेयर धामीलाई पनि बोलाएको रहेछ । विवाद मिलाउन भनेर उहाँ डान्स बार पुगेको भन्ने कुरा आएको छ,’ डिएसपी चन्दले खबरहबसँग भने ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर धामीको कञ्चनपुरको भीमदत्त नगरपालिकामा समेत घर छ ।

मेयर धामीले भने आफू डान्सबारमा नगएकाे बताएका छन् । मेयर धामीले डान्सबारमा झगडा भएको विषय आफ्नो जानकारीमा आएपनि आफूलाई प्रहरीले पक्राउ नगरेको बताए ।

‘डान्सबारमा झगडा भएको कुरा मैले पनि सुनेको हुँ । तर, म बारभित्र छिरिनँ । म पक्राउ परेको कुरा सबै झुटो हो,’ मेयर धामीले भने ।खबरहबबाट साभार सामाग्री ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’