इन्डो प्यासिफिक र एमसिसीबीच कुनै साइनो छैन:बाँस्कोटा

काठमाडौं /सञ्चार तथा सुचना प्रबिधिमन्त्री गोकुल बास्कोटाले अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन इन्डो प्यासिफिक सैन्य रणनीति अन्तरगत नभएको दोहोर्‍याएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमसिसी र इन्डो प्यासिफिकबीच कुनै साइनो नरहेको जिकिर गरे। ‘एमसिसी सन् २०१३ मै सुरु भएको हो। इन्डो प्यासिफिक २०१७ मा आएको हो’, उनले भने, ‘एमसिसीबाट आएको रकम सडकको स्तरोन्नति र विद्युत् प्रसारण लाइनमा खर्च हुने हो। सम्झौतामा जे कुरा उल्लेख छ, त्यही मात्रै कार्यान्वयन हुन्छ।’ नेपालले अमेरिकालाई उसको सैन्य ‘इन्ट्रेस्ट’ एमसिसीमा हाल्नु नभनेको उनले जिकिर गरे। ‘एमसिसीको विरोध केही नेताका लागि राजनीतिक तुष्टिको कुरा होला’, उनले भने, ‘चीनको बीआरईमा पनि सैन्य कुरा उल्लेख छैन। खाली आर्थिक सांस्कृतिक र विकास निर्माणका कुरा मात्रै हामीले गरेका हौँ।’ मन्त्री बाँस्कोटाले एमसिसीको विरोध गर्नेहरु आफैँ थाक्ने भन्दै कटाक्ष गरे। ‘एमसिसीको विरोध गर्नेहरु बोल्दै गर्छन्, थाक्न दिनुस् या उहाँहरुलाई बुझाउन दिनुस्।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’