प्रचण्डले एकाएक किन गरे चीन भ्रमण स्थगित ?

काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी साता गर्ने भनेको चीन भ्रमण तत्काललाई स्थगित गरेका छन् ।

यसअघि नेकपाका झण्डै ५ दर्जन नेतासहित प्रचण्ड चीन भ्रमणमा जाने कुरा सार्वजनिक भएको थियो । तर, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र पार्टीका कामले गर्दा प्रचण्डले आफ्नो चीन भ्रमण स्थगित गर्न पुगेका हुन् ।

‘प्रधानमन्त्री तथा अर्का अध्यक्ष अस्वस्थ भएर अस्पतालमै भएका बेला छोडेर हिड्नु राम्रो हुदैन भन्ने प्रचण्डको बुझाइ छ । त्यसैले समय परिवर्तन हुनसक्छ । पहिला सार्वजनिक भएको तालिकामा त लगभग नजाने जस्तै छ’ प्रचण्ड निकट स्रोतको भनाइ छ ।

विगत साता दिनदेखि प्रधानमन्त्री ओली एपेण्डिसाइटिसको शल्यक्रिया गरेर अस्पतालमा उपचाररत छन् । ओलीलाई अझै एक साता अस्पतालमै राख्नुपर्ने सुझाव चिकित्सकहरुले दिँदै आएका छन् ।

अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न आइतबार त्रिविस्थित मनमोहन मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर आफ्नो चीन भ्रमण र पार्टी एकताका बारेमा छलफल समेत गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’