पर्वत प्रहरीले फलामखानी पुगेर गर्यो लैङ्गिक हिंसा न्युनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम

पर्वत/ सोमवारदेखि शुरु भएको लैंङ्गिक हिंसा न्यूनिकरण सम्वन्धी सोह्र दिने अभियानको अवसरमा पर्वतको फलामखानीमा मंगलवार जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत महाशिला गाउपालिका वडा नं. ६ फलामखानीको व्यवस्थापन र जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा लैङ्गीक हिंसा न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । वडा नं. ६ का वडाअध्यक्ष राम बहादुर सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख श्यामु अर्याललले लैङ्गीक हिंसाले समाजमा पर्न गएको असर र यस सम्बन्धीत प्रचलित ऐन, नियमका बारेमा प्रष्ट पार्नुभएको थियो । उहाँले समाजमा उत्पन्न हुने अधिकांश अपराध मदिरा सेवनवाट नै भएको देखीएकाले त्यस्ता व्यक्तिहरुले आफ्नो आचरण सुधार गर्नुपर्ने, फेसबुक तथा सामाजिक संजालको प्रयोगबाट हुन सक्ने आपराधिक घटना प्रति सचेत रहनु पर्ने, सो को सहयोगमा प्रहरी सदैव तयार रहेको भन्दै बताउनुभयो ।

कार्यक्रममा जनप्रतिनिधिहरु, स्थानीय मदन आश्रीत माद्यामिक बिद्यालय लगायत अन्य विद्यालयहरुका शिक्षक,शिक्षिका, विद्यार्थीहरु, ज्येष्ठ नागरीक, वुद्धिजीवी, समाजसेवी लगायत अन्य सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिहरुले मदिरा नियन्त्रण, लैङ्गीक हिंसा न्यूनीकरण तथा सुरक्षा सम्बन्धी र अन्य समसामयिक विषयमा देखा परेका समस्या र सुधार गर्नुपर्ने विभिन्न विषयहरुमा सवाल एवम् प्रतिक्रियाहरु दिएका थिए । कार्यक्रममा वडढा अध्यक्ष सुनारले समाजको विकास गर्न समाजमा रहने हरेक व्यक्ति उत्तिकै जागरुक हुनुपर्ने र यसै गरी स्थानीय तह र प्रहरीसँंग सहकार्य गर्दै अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण प्रहरी जवान बसन्त सुनारले गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’