पर्वतको खुर्कोटमा शहरी स्वाथ्यकेन्द्र भवनको उद्घाटन

पर्वत/ पर्वतको खुर्कोटमा शहरि स्वाथ्य केन्द्र भवनको उद्घाटन गरिएको छ । कुश्मा नगरपालिका–२ खुर्कोट बगैचामा ५ आना जमिनमा २९ लाख लागतमा निर्माण भएको भवनको आज कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशीले उद्घाटन गर्नुभएको हो ।
भवन निर्माणका लागि स्थानिय छात्रवहादुर क्षेत्री, तेजेन्द्र क्षेत्री र टेकवहादुर क्षेत्रीले निशुल्क जग्गा उपलव्ध गराउनु भएको थियो । स्वर्गिय माता भद्रकुमारी क्षेत्री र स्वर्गिय खड्गवहादुर क्षेत्रीको स्मृतिमा उनीहरुले जग्गा उपलव्ध गराएका हुन् । निशुल्क जग्गा उपलव्ध भएपनि कुश्मा नगरपालिका र वडा कार्यालय खुर्कोटको आर्थिक तथा प्राविधिक सहयोगमा भवन निर्माण गरिएको हो । साथै भवन निर्माणमा निशुल्क जग्गा उपलव्ध गराएको भन्दै स्वर्गिय खड्गवहादुर क्षेत्रीको शालिक अनावरण समेत गरिएको छ ।
कार्यक्रमको उद्घाटन प्रश्चात बोल्दै नगर प्रमुख जोशीले खुर्कोटमा शहरी स्वास्थ्य केन्द्रको जन्म भएको बताउनु भयो । उहाँले यसलाई फलाउन फुलाउनको लागि जिल्ला कुश्मा नगरपालिकाले सहयोग गर्ने बताउनु भयो । साथै स्वर्गिय खड्गवहादुर क्षेत्री सँधै अमर रहने बताउँदै स्वास्थ्य केन्द्रमा कुनै कुराको अभाव नहुने दावी गर्नुभयो ।
कार्यक्रमा कुश्मा नगरपालिका–८ चुवाका वडा अध्यक्ष राजकुमार क्षेत्री, शहरी स्वास्थ्य केन्द्रका सचिव कृष्णवहादुर विक, हिमालय मा.विका पूर्व प्राचार्य एवम् समाजसेवी द्रोणराज उपाध्याय, ज्यातिष पण्डित यदुनाथ बास्तोला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । शहरी स्वास्थ्य केन्द्रको स्थापना भएसँगै साधारण उपचारका लागि सदरमुकाम धाउनुपर्ने समस्या अन्त्य भएको स्थानियले बताएका छन् ।
साधारण उपचारका लागि सदरमुकाम धाउनुपर्ने समस्यालाई मध्येनजर गदै शहरी स्वास्थ्य केन्द्र स्थापना भएसँगै उक्त समस्याको अन्त्य भएको खुर्कोटका वडा अध्यक्ष यदुनाथ बास्तोलाले बताउनु भयो । शहरी स्वास्थ केन्द्रवाट खोप सेवा, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व सेवा, झाडापखला, निमोनीया, स्वास्थ्य शिक्षा, गाउँ घर क्लीनीक लगायतका सामान्य उपचार गराईने केन्द्रकी प्रमुख सर्मिला अर्यालले जानकारी दिनुभयो ।
वडा अध्यक्ष बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य खुर्कोट स्वास्थ्य चौकीका प्रमुख टेकनाराण सुवेदी र कार्यक्रमको संचालन कुश्मा नगरपालिकाका स्वास्थ्य शाखाका उपसंयोजक यामप्रसाद शर्माले गर्नुभएको थियो ।