एउटै बाबुआमा सातै जना छोराछोरी सुरक्षा फौजमा

काठमाडौं । एकै बाबुआमाका सात छोराछोरी सरकारी कमर्चारी ? त्यसमा पनि सबै जना सुरक्षा निकायमा ? पत्याउनै मुस्किल हुन्छ । तर, यो यथार्थ हो ।
सुदूरपश्चिम प्रदेशअन्तर्गतको डोटीको केआई सिंह गाउँपालिका–६ का प्रेमराज र वासुदेवी जैसीका सात छोराछोरी छन् । ६ जना छोरा र एक जना छोरी । उनीहरू सबै सुरक्षा निकायमा भर्ती भए । जैसी परिवारलाई फौजी जागिरले यसरी छोयो कि एकपछि अर्काे गरी सबै जना त्यहीँ भर्ती भए । एक जनाले अवकाश लिने र अर्काे भर्ती हुने क्रमले २०७३ सालसम्म निरन्तरता पायो ।

जैसी दम्पत्तीकाका पाँच छोरा र एक छोरी नेपाली सेनामा भर्ती भए भने एक जना सशस्त्र प्रहरी बलमा । सात सन्तानमध्ये नेपाली सेनामा कार्यरत दुई जनाले अवकाश जीवन बिताइरहेका रहेका छन् ।
जेठा छोरा टीकाराम र माइला धर्मराज २०५४ सालमा नेपाली सेनाको सैनिक पदमा भर्ना भएका थिए । उनीहरू दुबै जनाले अहिले अवकाश जीवन बिताइरहेका छन् । टीकारामले २०७१ र धर्मराजले २०७० सालमा अवकाश लिए । दुई छोराले अवकाश लिएको केही समयमै एक मात्र छोरी सरिताकुमारी जैसी २०७२ सालमा सेनामै प्रवेश गरिन् । कान्छा छोरा हरीश पनि २०७३ सालमा सेनामा प्रवेश गरे ।
सात सन्तानमध्ये साइला छोरा सहदेव भने २०५९ सालमा सशस्त्र द्वन्द्वका बेला सशस्त्र प्रहरी बलमा भर्ती भए । उनीमुनिका सबै जनाले नेपाली सेना नै रोजे । सहदेवपछिका छविलाल २०६१ र उनी पछिका भाई भोजराज २०६८ सालमा सेनामा भर्ती भए ।

साइला छोरा सहदेव अहिले सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा वरिष्ठ हवल्दार पदमा कार्यरत छन् । सात दाजु भाइ र बहिनीमा यो तहमा पुग्ने उनी मात्रै हुन् । विकट डोटी जिल्लामा जन्मेका उनी मिलनसार र हँसिलो स्वभावका मात्रै छैनन्, सहयोगी र रसिक पनि छन् । ठट्यौली भावमा उनी भन्छन्, ‘सात सन्तान फौजी भए पनि सबैभन्दा ठूलो पदमा पुग्ने मै नै हुँ ।’
१७ वर्ष लामो फौजी जीवनमा उनले धेरै अनुभव बटुले, कहिले सहज र कहिले जटिल । सहज हुँदा पनि उनी कहिले पनि पुलपुलिएनन् भने दुःखको अवस्थामा पनि निराश भएनन् । ‘देशको सेवा गर्न म सशस्त्र प्रहरीमा छिरेको हुँ, सुरक्षा सेवामा लागेर देशका लागि काम गर्नुपर्छ भन्ने आत्मबलले मलाई कहिले पनि निराश बनाएन,’ सहदेव भन्छन् ।
सहदेवलाई आफ्ना सबै दाजुभाइ र बहिनी फौजी भएकोमा धेरै खुसी लाग्दो रहेछ । ‘ग्रामीण बस्तीमा जन्मेर, हुर्किएका हामी सबै दाजुभाइ र बहिनी सुरक्षा क्षेत्रमा लाग्यौं, यो नै एउटा खुसीको कुरा हो, यस्तो घटना विरलै हुन्छ होला,’ उनले गर्वका साथ भने ।

आफूभन्दा धेरै सानी बहिनीले पनि फौजी जीवन नै रोजेकोमा सहदेव धेरै खुसी छन् । ‘हामी दाजुभाइको फौजी जीवन देखेर परिवारकी एक्ली बहिनी सरिता पनि सेनामा भर्ती भइन् । यो हामी सबैको लागि खुसीको विषय हो । उनी नेपाली सेनामा जवान पदमा छिन्,’ सहदेव गर्वका साथ भन्छन् ।
सातै जना छोराछोरी फौजी भएकोमा उनका बाबुआमा पनि अत्यन्तै खुसी छन् । ‘सबै छोराछोरी फौजी बनेकोमा हामी बाबुआमा धेरै खुसी छौं, सबै जना देशको सेवा गर्न लागेका छन्, फौजी बनेकोमा सबै छोराछोरी खुसी छन्, आआफ्नो खुट्टामा उभिएका छन्, छोराछोरीको खुसी नै हाम्रो खुसी हो,’ बाबु प्रेमराज भन्छन् ।राजधानी दैनिकले समाचार छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’