धौलागिरीमा दिनभर टेलिफोन र इन्टरनेट अबरुद्ध

पर्वत/ अप्टीकल फाइबरमा समस्या आएका कारण साबिकको धौलागिरी अञ्चलका ४ जिल्लामा शुक्रबार दिनभर टेलिफोन र इन्टरनेट सेवा अबरुद्ध भएको छ ।
मध्य पहाडी लोकमार्गको पोखरा –बागलुङ्ग खण्ड बिस्तारका क्रममा अप्टीकल फाइबर चुडिएपछि शुक्रबार दिनभर इन्टरनेट र मोबाइल सेवा बन्द भएको हो ।
सडकको घट्टेखोलामा सडक बिस्तारका क्रममा बिद्युतको पोल ढल्दा सबै इन्टरनेट कम्पनी र नेपाल टेलिकमको अप्टीकल फाइबर छिनेको थिया । इन्टरनेट बन्द हुँदा दिनभर यस क्षेत्रको ब्यापार ब्यबसाय र दैनिकी अस्तब्यस्त हुन पुगेको छ ।
इन्टरनेट नचलेका कारण, बैंक, बित्तीय संस्था, सरकारी कार्यालय र सबै ब्यबसायिक फर्महरुको काम दिनभर ठप्प बन्न पुगेको छ । सरकारी कार्यालय र बैंकहरुले इन्टरनेट नचलेका कारण सेवाग्राहीलाई फर्काएका थिए । मर्मतपछि साँझबाट मात्रै सेवा सुचारु भएको छ ।
समाप्त मंसिर ६

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’