अनुसन्धानको निष्कर्ष -महिनाको एकदिन निराहार व्रत बस्दा मुटुरोग लाग्दैन

समय तोकेर व्रत बस्ने गर्दा मुटुको समस्या भएका रोगीहरूको जीवनकाल लम्बिने एक नयाँ अध्ययनले देखाएको छ ।
यस अवधारणालाई अंग्रेजीमा इन्टरमिट्टेन्ट फास्टिङ भनिन्छ र यसक्रममा मानिसहरू दिनभरि नभएपनि लामो समय खानापिना गर्दैनन् ।
मुटुरोग लागेर मुटुमा क्याथेटर जोडेका रोगीहरूले इन्टरमिट्टेन्ट फास्टिङ गर्दा व्रत नबसेका रोगीभन्दा बढी बाँचेको अनुसन्धाताहरूले पाए ।
अमेरिकाको युटाहस्थित साल्ट लेक सिटीमा रहेको इन्टरमाउन्टेन हेल्थकेयर हार्ट इन्स्टिच्युटको टोलीले पनि व्रत बस्ने रोगीहरूको मुटु चल्न छोड्ने समस्या नआउने पत्ता लगायो ।
यही टोलीले मधुमेहका रोगीहरूमाथि गरेको अघिल्लो अनुसन्धानमा व्रत बस्नेहरूमा कोरोनरी मुटुरोगको दर कम हुने गरेको पाएको थियो ।
दशकौंसम्ममा विकसित हुने दीर्घरोगको असरलाई पनि व्रत बस्दा कम गराउन सकिने अध्ययनको निष्कर्षले देखाएको छ ।
एजेन्सी