प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगितामा पर्वतको कालीगण्डकी एकेडेमी प्रथम

पर्वत /पर्वतको कुश्मामा रहेको कालीगण्डकी एकेडेमी प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखराको मासबारमा रहेको मदरल्याण्ड आवासीय मा.वि.ले विद्यालयको २५ औं वार्षिकोत्सव एवम् रजत जयन्ती अबसरमा आयोजना गरेको प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता कालीगण्डकी प्रथम भएको हो । सामुदायिक तथा संस्थागत विद्यालय माझ माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुको लागि गरिएको प्रतियोगितामा गण्डकी प्रदेशका ३५ विद्यालयहरु बीच प्रतिस्पर्धा भएको थियो । जसमा ४ बिद्यालयहरु फाईनलमा पुगेका थिए ।
फाइृनलमा पुगेका बिद्यालय मध्ये कालीगण्डकी एकेडेमी,कुश्मा, गण्डकी आ.मा.वि.कास्की, शितला मा.वि,कास्की, र पञ्चमुनी मा.वि,तनहु प्र्रितयोगिताको फाइनल चरणमा पुगेका थिए । आईतबार सम्पन्न फाईनल प्रतियोगितामा कालीगण्डकी एकेडेमी कुश्मा,पर्वतका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु सफल आचार्य, अनमोल पौडेल र सन्जना श्रेष्ठको समूहले ११२ अकका साथ प्रथम स्थान हासिल गरी नगद पुरस्कार (बीस हजार), ट्रफी र प्रमाणपत्रसहित प्राप्त गरेका छन् ।
त्यस्तै दोस्रो स्थानमा ७३ अ्कका साथ शितला मा.वि.,कास्की, तेस्रो स्थानमा ५८ अ्कका साथ गण्डकी बोर्डि स्कुल, कास्की, र ५० अकका साथ पञ्चमुनी मा.वि, तनहुले सान्त्वना स्थान हासिल गरेका थिए । प्रतियोगितामा क्रमशः द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयहरुले क्रमशः १५ हजार १० हजार र ४ हजार ट्रफी र प्रमाणपत्र बितरण गरिएको बिद्यालयले जनाएको छ ।