नेकपा पर्वतले तोक्यो सबै वडाका इन्चार्ज , ४५ सदस्यीय सचिबालय गठन

पर्वत । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को पर्वत जिल्ला कमिटिको दोस्रो वैठकले जिल्लाका सबै वडाका इन्चार्ज हरुको टुंगो लगाएको छ ।
नेकपा गण्डकी प्रदेश कमिटिका सचिव गोविन्द बहादुर नेपालीको विशेष उपस्थितीमा सम्पन्न वैठकले ६१ वटै वडाका इन्चार्ज हरुको टुंगो लगाएको हो ।
बैठकले पार्टी एकता र सञ्चालनका महत्वपूर्ण निर्णयहरु गरेको जिल्ला कार्यालय सदस्य गोबिन्द पहाडीले जानकारी दिनुभयो । बैठकले ४५ सदस्यीय सचिबालय गठन गरेको छ । सचिबालयका ४५ मध्ये ४२ सदस्य चयन गरिएको छ भने ३ जना पछि थपिने भएको छ ।
पार्टी एकतालाई निश्कर्षमा पुराउनका लागि पर्वत जिल्ला भित्र रहेका ६१ वडाका इन्र्चाज मात्रै होइन सबै वडाका अध्यक्ष र सचिबको नाम समेत अनुमोदन गरिएको छ । तल्लो कमिटीबाट सर्बसम्मत भएका ४९ वडाका वडा अध्यक्ष र सचिब र बिबाद भएका १२ वडाका अध्यक्ष र सचिब समेत टुंगो लगाइएको छ ।
जिल्ला अध्यक्ष तथा प्रतिनिधीसभाका सदस्य पदम गिरीको अध्यक्षतामा बसेको बैठकले सपथ ग्रहण गराउन बाँकी वडाहरुमा सपथ ग्रहणको कार्य सक्ने गरी समेत निर्णय गरिएको बताईन्छ ।
वैठकमा विभागीय जिम्मेवारीको समेत सहमति जुट्न नसके पछि सचिवालयले नै विभागीय जिम्मेवारी टुंगाउने भएको छ । वैठकमा पार्टी केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज गुप्त हमाल, प्रदेश कमिटि सदस्यहरु र जिल्ला कमिटिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
वैठक नेकपाको पाटी जिल्ला कार्यालयमा सम्पन्न भएको हो ।