भारतीय सेनाबाट फर्केर कृषक ब्यबसायिक सुन्तला खेती र माहुरीपालनमा रमाउँदै

पर्वत/ बाउबाजेले बारीका छेउ र आँगनी नजिक लगाएका सुन्तलाका बोटमा लटरम्म फल लागेको देखेपछि निलम रानालाई सुन्तलाको ब्यबसायिक खेती गर्ने जाँगर चलेको छ । घरको आगन नजिकका बोटमा बाउसोले रोपेका बोटमा सुन्तला यति राम्रो फल्छ भने ब्यबसायिक हिसाबले राम्रो स्याहार गरे सुन्तलाबाटै राम्रो उत्पादन गर्न सकिन्छ भन्ने उहाँको अठोट पछि सुन्तला खेतीमा लाग्ने कुरामा बदलिएको छ ।
भारतीय सेनाबाट छ महिना पहिले मात्रै अवकास पाएपछि गाउँ आउनुभएका राना मात्रै होइन परम्परागत रुपमा बारीमा उम्रेका सुन्तलालाई खेतीका रुपमा गर्दै आएका दक्षिण पर्वतको चिउरीखाल्टा गाउँका कृषकहरुले सुन्तलाको ब्यबसायिक खेती शुरु गरेका छन । दक्षिण पर्वतको बिहादी गाउँपालिका वडा न ५ चिउरीखाल्टामा यस बर्ष देखि ब्यबसायिक रुपमा सुन्तला खेती शुरु गरेका हुन ।
सुन्तला उत्पादनको राम्रो भएको देखेपछि ब्यबसायिक खेतीको योजना बनाएको राना बताउनुहुन्छ । ‘बाउ बाजेले कोदालीले खाल्टो खनेर यसो गाडेका बोटमा यति राम्रो सुन्तला फलेको छ’ उहाँले भन्नुभयो ‘हामीले ब्यबसायिक रुपमा खेत ीगर्ने हो भने आम्दानी लिन सकिन्छ भनेर ब्यबसायिक खेती थालेका छौ’ भारतीय सेनामा झण्डै दुई दशक बिताउँदा पनि गाउँमा उर्बर जमिनको याद आउने गरेको रानाको भनाई छ ।
रानाले मात्रै अहिले १ सय ६० बोट सुन्तला रोप्नु भएको छ । परिवारका सबै सदस्य पोखरा बसेपनि उहाँ गाउँमै बसेर खेतीमा रमाउनु भएको छ । श्रीमती र छोराछोरी पनि पोखरामा अध्ययन र अन्य हिसाबले बस्दै आएका छन । उहाँले सुन्तला संगै माहुरीपालन पनि शुरु गर्नुभएको छ । भारतीय सेनाबाट अवकास पाएपछि खाडी, मलेसिया , मकाउमा सुरक्षागार्डमा जाने धेरै लाहुेरेहरुको चलन छ । तर निलम रानाले भने गाउँमै खेत ीगर्ने योजना बनाउनुभएको हो ।
उहाँले आफुँले मात्रै होइन अरुलाई पनि सुन्तला खेती प्रति आकर्ष ितगर्न समुह नै बनाएर अभियानको थालनी गर्नुभएको छ । स्थानिय बलबहादुर थापाले पनि १ सय बोट रोप्नु भएको छ । कुलबहादुर राना पनि ब्यबसायिक सुन्तला खेतीमा लाग्नु भएको छ । पारिलो र पुर्ब तर्फ फर्केको भिरालो चिउरीखाल्टामा सुन्तला लगायतका अमिलो जातका फलफुल राम्रो उत्पादन दिन्छन । अहिले सम्म परम्परागत रुपमा लगाइएका बोटको उत्पादन बिक्री गर्दै आएका छन कृषकहरुले । हुवास र छिमेकी बजारमा पु¥याउन नपाउँदै सबै सुन्तला घरबाटै बिक्री हुँदै आएका छन ।
समाप्त कार्तिक २५