पर्वतको फलेवासमा आगामी मंसिर १९ गतेदेखि २९ गतेसम्म बृहद मेला

पर्वत /पर्वतको फलेवास नगरपालिका ६ देवीस्थानमामा फलेवास नगरमै पहिलो पटक बृहद मेलाको आयोजना गरिएको छ ।
स्थानीय यूनाइटेड स्पोर्टस क्लबको आयोजनामा यही मंसिरको १९ गतेदेखि २९ गतेसम्मका लागि मेलाको आयोजना गरिएको क्लबले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । पत्रकार सम्मेलनमा मेलाको बारेमा जानकारी दिनुहँदै क्लबका सचिव अनुपकुमार श्रेष्ठले ‘कला, संस्कृति, खेलकुदको संरक्षणमा सबैको साथ ः हाम्रो अभियान समृद्ध फलेवास’ भन्ने नाराको साथमा बृहद फलेवास ब्यपारिक, कृषि, खेलकुद तथा सांस्कृतिक मेला २०७६ को आयोजना गरिएको जानकारी दिनुभयो ।
स्थानीय कला र बस्तुको पहिचान तथा प्रदर्शनीका लागि मेलाले महत्वपूर्ण योगदान दिने तथा नगरपालिकाका ११ ओटै वडाहरु सहित पर्वत र छिमेकी जिल्ला बागलुङमा रहेको कला, उत्पादन र संस्कृतिलाई मेलामा देखाउन लागिएको छ । क्लबका अध्यक्ष अच्यूतकृष्ण श्रेष्ठले मेलामा कृषि उत्पादनको प्रदर्शनी, झाँकी प्रदर्शनी, जनजातिका मौलिक गीत तथा नाच, स्थानीय उत्पादन, रमाइलो मेला, बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारहरुका सांगितिक तथा हास्य प्रस्तुतीहरु रहने जानकारी गराउनुभयो । देवीस्थानको माझीचौरमा आयोजन ागर्न लागिएको मेलामा भ,ण्डै १५० ओटा स्टल रहने छन् ।
आयोजकका अनुसार मेलाबाट ३९ लाख रुपैयाँ आम्दानी हुने र ३८ लाख १५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मेलामा एक लाख रुपैयाँ प्रथम पुरस्कार रहेको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला भजन प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला रत्यौली गीत प्रतियोगिता, १५ हजार प्रथम पुरस्कार रहेको खुल्ला फलेवास डान्स आइडोल लगायतका प्रतियोगिताहरु पनि राखिएको मेला प्रचारप्रसार समितिका संयोजक तथा पत्रकार साजन परियारले जानकारी दिनुभयो । मेलाको तयारी तीब्र पारिएको क्लबले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’