पर्वतकी चेली बिजुको आत्महत्या –सासु र श्रीमान चार लाख धरौटीमा छुटे

पर्वत/ कालीगण्डकी किनारमा मृत भटिएकी युवतीलाई आत्महत्या गर्न दुरुस्साहन गरेको आरोपमा थुनामा रहेका दुई जना आरोपी पर्वत जिल्ला अदालतको आदेशमा मंगलबार धरौटीमा छुटेका छन ।
कालीगण्डकी किनारमा मृत भेटिएकी बागलुङ्ग नगरपालिका वडा नं ३ की १८ बर्षिया बिजु जिसीलाई आत्महत्या दुरुत्सासन गरेको आरोपमा थुनामा रहेका उनका श्रीमान र सासु आमा जनही ४÷४ लाख धरौटीमा छुटेका हुन ।
पर्वत जिल्ला अदालतका न्यायधीश सुर्यबहादुर थापाको एकल इजलासले आरोपी बिजुका श्रीमान बागलुङ्ग नगरपालिका ३ का ३४ बर्षिय असिम खड्का र मृतककी सासुआमा बिबी खड्कालाई धरौटीमा राखेर पुर्पक्ष गर्न आदेश दिएको हो ।
मृतक जिसीको शब पर्वतको बिहादी गाउँपालिका वडा नं १ बाच्छामा पर्ने कालीगण्डकी किनारमा असोज २८ मा भेटिएको थियो । जिसी असोज १७ गते देखि हराउनुभएको थियो । मृतकका माइतीपक्षको जाहेरीमा प्रहरीले मृतकका श्रीमान र सासुलाई पक्राउ गरि आत्महत्या दुरुत्साहन कसुरमा कार्तिक २ गते मुद्दा दर्ता गरेको थियो ।
पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं ५ लेकफाँट गैरागाउँ माइती भएकी जिसीले गएको भदौ २ मा बागलुङ्ग नगरपालिकाको गुठी निवासी ३४ बर्षिय असिम खड्का संग प्रेम बिबाह गर्नुभएको थियो । बिबाहपछि परिवारले अस्विकार गरेको र परिवारकै यातनाका कारण घर छाडेर हिडेको भनेर मृतकका माइती पक्षले आरोप लगाएका थिए । माइती पक्ष छोरीलाई मानसिक र शारिरीक दबाब दिदै आएको हुनाले घटना घटेको दाबी गर्दै थप अनुसन्धान गर्नुपर्ने माग गरेपछि प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’