बङ्गलादेशका राष्ट्रपति र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुधबार शिष्टाचार भेट गरेका छन् । चार दिने नेपाल भ्रमणमा रहेका राष्ट्रपति हमिदसँग भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध र सहकार्य बारे कुराकानी भएको उनको सचिवालयले जानकारी दियो ।

भेटमा राष्ट्रपति हमिदले दूरीले नजिक दुई देशबीच आर्थिक विकासका लागि सहकार्यका थुप्रै क्षेत्र भएको बताएका थिए । राष्ट्रपति हमिदले बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा समर्थन गर्ने नेपाल ७ औं राष्ट्र भएको बताउँदै उक्त समर्थनको प्रशंसा समेत गरेको राष्ट्रिय सभा अध्यक्षको सचिवालयको भनाइ छ।

त्यसैगरी दुई देशको जनस्तर र संसदीय सम्बन्धलाई अभिवृद्धी गर्न भ्रमण आदान– प्रदान गर्नुपर्ने बताउँदै उनले अध्यक्ष तिमिल्सिनालाई बङ्गलादेश भ्रमणका लागि विशेष निमन्त्रणा गरे । उनले नेपाल जस्तो सुन्दर र नजिकको देशमा अघिल्लो वर्ष २० हजारबढी बङ्गलादेशी जनताले भ्रमण गरेको जानकारी गराउँदै यसलाई वृद्धि गर्न सकिने धारणा राखेका थिए ।

एक अर्को प्रसंगमा राष्ट्रपति हमिदले बङ्गलादेशमा पढ्ने नेपाली विद्यार्थीको भिषा समस्या समधानमा आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले नेपाल र बङ्गलादेशको कूटनीतिक सम्बन्ध कायम भएदेखि नै मैत्रीपूर्ण रहेको बतााए । उनले दुई देशबीच व्यापार, पर्यटन र संस्कृतिजस्ता क्षेत्रमा आपासी हितका लागि सहकार्य गर्न सकिने धारणा राखेका थिए । उनले नेपाल राजनीतिक मुद्दा समाधानपछि विकास र समृद्धिमा केन्द्रित रहेको जानकारी दिँदै बङ्गलादेशको सहयोगको अपेक्षा गरे ।

अध्यक्ष तिमिल्सिनाले नेपालले २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन लागेकाले गर्मी मौसममा शितलता लागि बङ्गलादेशी जनातालाई राष्ट्रपतिमार्फत नेपाल भ्रमणको निम्तासमेत गरे । त्यसैगरी अध्यक्ष तिमिल्सिनाले दुई देशको जनस्तर र संसदीय सम्बन्ध अभिवृद्धि गर्नुपर्ने धारणा राख्दै भ्रमण तथा अनुभव आदान– प्रदान हुनुपर्ने बताए । यसका लागि दुई देशका संसदीय मैत्री समूहले भूमिका खेल्ने जानकारी गराए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’