फर्निचर व्यवसायीले गराए कुश्मा नगरपालिकालाई ध्यानाकर्षण

फाइल फोटो

पर्वत । कुश्मा नगरपालिकामा पर्वत फर्निचर व्यवसायी पर्वतले ध्यानआकर्षण गराएको छ । नेपाल फर्निचर व्यवसायी संघका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य मथूराकूमार जोशीको नेतृत्वमा गएको टोलिले ध्यानआकर्षण गराएको हो । कूश्मा नगर लगायत जिल्ला भरी फर्निचर विधिवत रुपमा दर्ता नगरी चलाएका व्यवसायीको अनूगमन गर्नुपर्ने,वजारमा एकल रुपमा औजार लिएर घर घरमा गएर दिने सेवाको कूनै राजस्व वा कर नलगाउने गरिएकाले लाखौको कामको राजस्व दूरुपयोग भएको तथा लाखौ खर्च गरेर दर्ता भएका फर्निचर व्यवसायीलाई मर्का परेको गूनासो गरेका थिए ।

कुश्मा वजार लगायत पर्वत जिल्लामा धेरै पmर्निचर व्यवसाय दर्ता नगरी संचालन गरेकाले अनूगमन गरि दर्ता नभएका व्यवसायीका औजारहरु जफत गर्नुपर्ने व्यवसायीको माग छ । दर्ता भएका फर्निचर व्यवसायीले राज्यलाई कर तिरेर पनि उचित काम गर्ने वातावरण नवनेको तर घुमन्ते कामदारले ५०औ लाखको ठेक्का लिने तर कर नतिर्ने गरेको प्रति व्यवसायीको आक्रोस रहेको थियो । विधि संगत व्यवसाय दर्ता गरि कार्य गरेमा कर पनि वढ्ने र व्यवसायी प्रति स्वच्छ पूतिस्प्रर्धा हूने उनिहरुको धारणा रहेको छ ।

कूश्मा नगर प्रमूख रामचन्द्र जोशीले फर्निचर व्यवसायीले सर्भसूलभ सेवा दिनूपर्ने ,उपभोक्ताहरुले महड्गो सेवाका कारण व्यक्ति व्यक्ति कामदार रोज्ने गरेको अनूभव सूनाउदै करोडौ लगानी गरेर स्थापना गरेका फर्निचर व्यवसायीको हितमा नगरले कार्य गर्ने वताउनू भयो । राज्यलाई कर वढ्ने कूरामा नगरले सहयोग गर्छ तर व्यवसायीले नाफा मात्र नहेरेर सेवा पनि गर्नु पर्नेमा जोड दिनू भयो ।
पर्वत उद्योग वाणिज्य संघको आयोजनामा दर्ता भएका फर्निचर व्यवसायी र दर्ता प्रकृयामा रहेको व्यवसायी,घुमन्ते काठको काम गर्ने कामदार लगायतको सर्वपक्षिय भेला राखी समस्याको समाधान गर्ने नगर प्रमूख जोशीले वताइउनू भयो । दर्ता नभएका व्यवसायीहरुलाई छिटै दर्ता प्रकृयमा ल्याउनका लागी अनूगमन छिटै गर्ने जानकारी दिनू भयो ।

उक्त छलफलमा कूश्मा नगरका उप प्रमूख सीता काप्ले लामिछाने, कूश्मा नगरका प्रशासकिय अधिकृत हरी पंगेनी, प्रहरी नायव उपरिक्षक श्यामू अर्याल, सहायक प्रमूख जिल्ला अधिकारी अमृत सूवेदी,डिभिजन वन कार्यालयका प्रमूख अशोक कूमार श्रेष्ठ,घरेलू तथा साना उद्योग विकास प्रमूख गोविन्द पौडेल,पर्वत उद्योग वाणिज्य सघका अध्यक्ष केदार नाथ शर्मा,नेपाल फर्निचर व्यवसायी संघका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य मथूराकूमार जोशी,पूर्व अध्यक्ष गोपी अधिकारी,सचिव भिम वहादूर नेपाली,कोषाध्यक्ष कृष्ण प्रसाद भूषाल लगायतले आप्नो धारणा राख्नू भएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’