पर्वतको लुंखु–हुवास सडक कालोपत्रे हुँदै आज राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले शिलन्यास गर्ने

फाइल फोटो

पर्वत/पर्वतको सदरमुकाम कुस्माबजारलाई मध्य भाग भएर जोड्ने लुंखु—हुवास सडक कालोपत्रे हुने भएको छ ।
पर्वतको मध्य क्षेत्रका लागि लाइफलाइन मानिने लुखुं हुवास सडक कालोपत्रे गर्नका लागि ग्रामिण सडक सञ्जाल सुधार आयोजना(आरसिआइपी) पर्वतले टेण्डर आब्हान गरेको हो ।
टेण्डर आब्हान संगै कालोपत्रेको काम भोलीदेखि सुचारु हुने भएको छ । सडकको आज राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लुंखुमा शिलन्यास गर्नुहुने भएको छ । महाशीला गाउँपालिकाको आयोजनामा आज विहान ११ बजे सडक सिलन्यास गर्ने कार्यक्रम आयोजना गरिएको महाशीला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चै ठकुरीले जानकारी दिनुभयो । लुंखु–हुवास सडकको १५ किलोमिटर खण्डको गत जेठमा ठेक्का आब्हान भएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बहुबर्षिय ठेक्का प्रकृया शुरु गर्न सहमति दिएपछि आयोजनाले ठेक्काका लागि सुचना आब्हान गरेको थियो । महाशिला र पैयूँ गाँउपालिका जोड्ने २० कि.मि. जोड्ने यो कालोपत्रे भएपछि पैंयु गाउँपालिकाका बासिन्दा स्याङ्गजा, पोखरा भएर बर्षा याममा कुस्मा आउनुपर्ने बाध्यता हट्नेछ । कुश्मा देखि फलेवास सम्मको ६ दशमलब ७ किमी सडक कालोपत्रे भईसकेको छ भने लमायखोला देखि लुंखु सम्मको १३ किलोमिटर सडक कालोपत्रे गर्न काम भैरहेको छ ।
अब लुंखु देउराली देखि हुवास सडक खण्ड पनि कालोपत्रे हुने भएपछि कुश्मा देखि सुदुर दक्षिण पर्वतको हुवास लाई कालोपत्रे सडकले जोड्ने छ । सडक कालोपत्रेको काम अबको दुई बर्षभित्र पुरा भएपछि कुस्मा देखि हुवास सम्म कालोपत्रे सडकमा यात्रा गर्न सकिनेछ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’