पश्चिम बागलुङ केन्द्र बनाएर भूकम्प, पर्वतमा पनि कम्पन

बुर्तिबाङ ।पश्चिम बागलुङको तमानखोला गाउँपालिकाको खुङखानी नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । शुक्रबार बिहान ३ बजेर ५१ मिनेटमा ४.५ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार २०७२ साल बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाएर गएको बिनासकारी भुकम्पपछि गएका पराकम्पन भन्दा फरक रहेको छ । यसरी पटक–पटक स–सना पराकम्पन जानुमहाभूकम् पको शक्ति क्षयीकरण भएकाले यसलाई राम्रो हिसाबले हेर्नु पर्ने केन्द्रका एक अधिकारीको भनाई छ ।
भुूकम्पको कम्पन पर्वत लगायतका बिभिन्न छिमेकी जिल्लाहरुमा समेत महशुस भएको बताइएको छ । क्षतिको बारेमा पुर्ण विवरण आउन भने बाँकी नै छ ।