बिद्या भट्टराईलाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय प्रदेशले उल्ट्यो, तीन जनाको नाम सिफारिश

पोखरा। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गण्डकी प्रदेश कमिटीले कास्की २ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि जिल्ला कमिटीको निर्णय उल्ट्याउँदै बिद्या भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेको छ । यसअघि कास्की जिल्ला कमिटीले तत्कालीन मन्त्री रवीन्द्र अधिकारीकी पत्नी श्रीमती विद्या भट्टराईको नाम सिफारिस गरेको थियो ।

प्रदेश कमिटीको तिहारअघिको बैठकले विद्यासँगै पुराना नेता सोमनाथ अधिकारी प्यासी र जिल्ला इन्चार्ज राजकाजी गुरुङ ‘करण’ समेतको गरी ३ जनाको नाम उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पार्टी इन्चार्ज पृथ्वीसुब्बा गुरुङले उम्मेदवारका लागि ३ जनाकै नाम पठाउनुपर्ने भएकाले भट्टराई, अधिकारी र गुरुङको नाम सिफारिस गरेको जानकारी दिनुभयो । केन्द्रले ३ जनाको नाम मागेकोमा जिल्लामा त्यसो गर्न नसकेको उहाँको भनाई छ ।

इञ्चार्ज ले तीन जनाको नाम सिफारिश गर्नुपर्ने बााध्यता बताउनु भएपनि सर्वसम्मत निर्णय भई जिल्लाले बिद्याको प्रचारसमेत अघि बढाएको बेला तीन जनाको नाम गण्डकी प्रदेशले सिफारिश गर्नुलाई चुनाव हराउन रचिएको षडयन्त्रका रुपमा बुझेका छन ।

जिल्ला कमिटीको ८ गतेको बैठकले नाम सिफारिस गरेको भोलिपल्टै प्रदेश कमिटीको बैठक बसेको थियो । कास्की २ मा मंसिर १४ गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । सो निर्वाचनमा कास्की जिल्ला कमिटीले बिद्या भट्टराईको एकल नाम सिफारिश गरेको थियो । साझा पार्टीले उक्त चुनावका लागि उम्मेदवार सार्वजनिक गरिसकेको छ । कास्की कांग्रेसले १६ जनाको नाम उम्मेदवारका लागि पार्टी केन्द्रलाई सिफारिस गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’