विश्व कितिमानी पर्वतारोही म्याग्दीका निर्मल पुर्जाको भब्य स्वागत (फोटो फिचर)

काठमाडौं ।सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पूर्जाको भव्य स्वागत भएको छ ।
चीनको सिसापाङ्ना हिमाल चढेसँगै विश्व कीर्तिमान बनाएका उनी बुधबार स्वदेश फर्किँदा त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो । उनलाई पञ्चैबाजा र नेपाल प्रहरीले ब्याण्ड बाजाले स्वागत गरिएको थियो ।


