नेपाल प्रहरीको इतिहाँसमै निडर आइजीपी सर्वेन्द्र खनाल !, जसले चाले यस्ता शाहसिक कदम

काठमाडौं/ प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले जीवनकै ठूलो चुनौती मोल्नुभएको छ । आफूमाथि चौतर्फी दबाब र चेतावनी पर्ने सूचना पाएपनि दशकौं देखि थाती रहेका आपराधिक घटनाहरुको फाइल खोल्न लगाएर आइजीपी खनालले ठुलै चुनौती मोल्नुभएको हो ।

विगतमा हाइ प्रोफाइलले घटाएका घटना त्यत्तिकै लुकाइन्थ्यो । तर, खनालले त्यसलाई खोलेर अपराधमा सून्य सहनशीलताको प्रष्ट मान्यता स्थापित गर्नुभएको हो । नेपालको इतिहासमा आपराधिक घटनामा पहिलोपटक बहालवाला सभामुखमाथि अनुसन्धान बढ्यो । सभामुखको सरकारी निवासबाट राजीनामा दिएपछिको अवस्थामा निवर्तनमान सभामुख कृष्णबहादुर महरा पक्राउ परे । यो घटनामा आइजीपी खनालले ठूलो जोखिम मोल्नुभयो । घटनामा महरामाथिको अभियोग पुष्टि गर्ने गरी प्रमाण जुटाउन आइजीपी खनालले खुट्टा कमाउनु भएन ।

आइजीपी खनाल पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई १२ वर्ष अघि ईंट्टाभट्टामा जिउँदै मान्छे हालेको घटनामा संलग्न भएको अभियोगमा पक्राउ गर्न अगाडि सर्नुभयो । खनाललेनै आलम पक्राउ गर्न काठमाडौंबाटै बिशेष टोली पठाउनु भयो । शक्ति र पहुँचको भरमा अपराध लुकाउने र प्रश्रय दिनेहरुलाई नछाड्ने नीतिमा अगाडि बढेका उनले अफताबलाई पक्राउ गर्न आदेश दिंदा चौतर्फी दबाबको सामना गरेपनि पछि हटनुभएन ।

जनताटाइम्स लेख्छ – खनालले जुवाडेहरुलाई धमाधम समात्न निर्देशन दिनुभयो । विगतमा जुवाखालमा समातिएका उच्च ओहदाकाहरु छुटिहाल्थे । गुपचुप गरेर छुटाइन्थ्यो । तर, खनाल कडा बन्नुभयो । खनालकै अडानका कारण हाइप्राफाइलकै तिहार जेलमा बित्यो । आइजीपी खनाल चिलीबाट स्वेदश फर्किएको दुई दिनमै हाइप्रोफाइल जुवाडे महाराजगञ्जबाट पक्राउ परे ।

खनालको कार्यकालमा दशकौं देखि बन्न नसकेको महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धानको भवन निर्माण शुरु भयो । यसमा पनि उनले जोखिम मोल्नुभयो । विगतमा कुनेपनि टेन्डरको काम गर्दा भ्रष्टाचारको अभियोग लागिहाल्ने अवस्था थियो । खनालले जुनसुकै खतरा मोलेर भएपनि संगठनको भवनहरु निर्माणमा कदम चाल्न सफल हुनुभयो ।

विगतमा प्रहरीका जवानहरु जाडोमा समेत पोशाक नपाएर पुरानो पोशाकमा जोडो काट्थे । वर्षामा पुरानै च्यातिएको रेनकोट लगाउन वाध्य हुन्थे । उनले आफ्नो कार्यकालभरी यो अवस्था आउन दिएनन् । यसका लागि टेन्डर खोलेर छिटो छरितो काम गरे । आइजीपी खनालले काम गर्दा मोल्नु पर्ने जोखिम मोल्नुभयो ।

आक्रामक रणनीतिमा लागेका खनालमाथि हाइप्रोफाइल पक्राउदेखि दशकौं देखि नभएका पूर्वाधार विकासको कामको सफलताका कारण आपराधिक पृष्ठभूमिका व्यक्ति र कमिशनखोरहरु छटपटिएका छन् । उनीहरु योजनावद्ध तरिकाले खनाललाई पदबाट हटाउन लागिपरेका छन् । तर, खनालले आफू जस्तोसुकै जोखिम मोलेर भएपनि संगठित अपराधको गिरोहका नाइके र कमिशनखोरहरुलाई नछाड्ने प्रण गरी अघि बढनुभएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’