जुवाखालबाट २५ जना पक्राउ, दुई करोड ६७ लाख बरामद

काठमाडौं / महाराजगन्जको साम्बाला होटेल पछाडिको जुवाखालबाट २५ जना पक्राउ परेका छन्। शनिबार राति जुवाखालमा प्रहरीले छापा मार्दा क्यासिनो किङले परिचित बलराम सापकोटा र श्रवण गोयलसहित २५ जना पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट दुई करोड ६७ लाख रुपैयाँ बरामद गरिएको महानगरीय प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिए। पक्राउ परेका अन्य व्यक्तिहरूबारेमा प्रहरीले केही खुलाएको छैन। उक्त स्थानमा उच्च पदस्थ व्यक्तिहरू जुवा खेलिरहेको सूचना पाएपछि शनिबार राति छापा हान्न प्रहरीको टोली पुगेको थियो। थाहाखबर डटकमबाट साभार

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’