शालिग्राम र रानीपानीमा खानेपानी समस्या, नयाँ योजनाका लागि मुल खोज्दै साँसद



पर्वत । दक्षिण पर्वतको बिहादी गाउँपालिका वडा नं ३ रानीपानी र वडा नं ६ शालिग्रामका बासिन्दाले खानेपानीको समस्या झेलेको बर्षौ भैसकेको छ । दुई गाग्री पानी लिनका लागि दुई घण्टा सम्म लाईनमा बस्नुपर्ने र दुई घण्टा टाढा पुगेर बोकेर ल्याउनुपर्ने दैनिकी नै बनेको छ उनीहरुका लागि ।

‘नाम रानीपानी, छैन खानेपानी’ उखाननै चलेको रानीपानी र कालीगण्डकी नदी बगेको हेरेर दुई घण्टा लाईनमा बसेर पानी भर्नुपर्ने बाध्यता छ ।

‘दुई गाग्री पानीका लागि दुई घण्टा सम्म लाइनमा बस्नुपर्ने बाध्यता छ’ बिहादी गाउँपालिका वडा नं ६ का अध्यक्ष टेकबहादुर थापाले भन्नुभयो ‘पानीका लागि लाइनमा बस्दा र कुवा खोला धाउँदा नै जीवन बितेको छ।’

शालिग्राम गाबिसमा २०३६ सालमा युनिसेफको सहयोगमा बनेको खानेपानी योजनाबाट १७ धारा बनेका थिए । सिंगो गाबिसका लागि १७ धाराको पानीले पुग्ने कुरै भएन । धाराको पानीले नपुगेपछि कुवा र खोला धाउन बाध्यता रहेको अध्यक्ष थापाले बताउनुभयो ।

‘काकाकुल बनेर बस्नुपर्ने बाध्यता बर्षौ देखि छ’ उहाँले भन्नुभयो ‘बृहत खानेपानी योजना बनेपछि समस्या समाधान हुने आशमा छौ’ ।

शालिग्रामकै जस्तो समस्या रानीपानीको तल्लो भेगमा पनि छ । माथिल्लो क्षेत्रमा ग्रामिण खानेपानी तथा सरसफाई योजनाबाट ४३ धारा बितरण गरिएको छ भने तल्लो क्षेत्रमा रहेका मुल र कुवा संरक्षण भएका छन । यसले खानेपानीको समस्या समाधान नभएकाले नयाँ योजनाको आवश्यकता रहेको स्थानिय कुलप्रसाद पराजुलीले बताउनुभयो ।

पर्वतमा चर्को खानेपानीको समस्या रहेका रानीपानी र शालिग्रामको खानेपानी समस्या समाधानका लागि लिफ्ट प्रबिधीको खानेपानी योजना निर्माण गरिने भएको छ ।

विगत लामो समय देखि खानेपानीको अभाव वोकेका स्थानीयबासीको समस्या समाधान गर्न संघीय सरकारबाट लिफ्ट मार्फत खानेपानी योजना सञ्चालन गर्न थालिएको हो ।

सरकारले यस बर्ष देखि दुई वटै योजनालाई संघीय खानेपानी तथा रानीपानीमा गण्डकी प्रदेश सरकारबाट समेत छुट्टै योजना निर्माणको काम अघि बढेको छ । खानेपानीको समस्या समाधानका लागि प्रतिनिधीसभा सदस्य पदम गिरीको उपस्थितिमा प्राबिधीक र स्थानियबासीको टोलीले दुबै ठाउँको खानेपानीको मुहानको सर्भे गरेका छन ।

गाउँपालिका अध्यक्ष कमल भुषाल, वडाअध्यक्षहरु, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा स्थानीयबासी सहितको समुहले खानेपानीको मुलको प्रारम्भिक अध्ययन गरेको हो ।

शालीग्राम क्षेत्र जिल्लाकै खानेपानीको समस्या रहेको वडाको रुपमा परिचित छ ।दुवै वडामा लिफ्ट खानेपानीको सम्भावना रहेको उक्त प्राविधिकको प्रारम्भिक सर्वेक्षणबाट भेटिएको गाउँपालिका अध्यक्ष कमल भुषालले बताउनुभयो ।

संघिय सरकारको बजेटमा सञ्चालन हुने दुवै वडाका आयोजनाहरुलाई जतिसको चाँडो सम्पन्न गर्ने गरी काम हुने वातावरण मिलाउन सांसद गिरीले स्थानीयबासीसंग अनुरोध गर्नुभएको छ ।

दुवै योजनाहरुको डिपिआर निर्माण गरी चालु बर्षबाट खानेपानीको आयोजना शुरुवात हुने गिरीले जानकारी दिनुभयो ।नेपाल समाचारपत्र दैनिकले समाचार छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’