नेपालको संविधानलाई अन्तर्राष्ट्रिय सुमदालयले सम्मान गर्न थाल्यो : प्रम ओली

काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले अंगिकार गरेका व्यवस्थालाई उत्कृष्ट ठहर्यायाउँदै अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्न सुरु गरेको बताउनुभएको छ ।

नेपालको संविधानले प्राप्त गरेको ‘फ्युचर पोलिसी सिल्भर अवार्ड–२०१९’ बारे जानकारी तथा नेपाल सरकारलाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानले व्यवस्था गरेको लोकतन्त्र, सामाजिक न्याय, समानता तथा भेदभावरहीत समाज निर्माणका विषयलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान गरी सम्मान गर्नु नेपालको सफलता भएको जानकारी गराउनुभयो ।
‘हामीले तय गरेको राष्ट्रिय आकांक्षा र सामाजिक व्यवस्थालाई पहिचान गरेको हो, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायले भर्खर नेपालको उपलब्धीलाई पहिचान गर्न थालेको छ । भोलीका दिनमा नेपालको संविधान अझ ठूला सम्मान प्राप्त गर्नेछ ।”
प्रधानमन्त्री ओलीले युवा परिचालन सम्बन्धि कानुनी व्यवस्था र त्यसको व्यवहारिक पक्षलाई समेत मुल्यांकन गरेर यो अवार्ड नेपालले प्राप्त गरेको जानकारी दिनुभयो ।
संविधानमा युवा सहभागीता, सशक्तिकरण, विभेद अन्त्यको सुनिश्चितता, स्वच्छ वातावरणको सुनिश्चितता लगायतका कानुनी व्यवस्था उदारणीय भएकोले नेपाललाई अवार्ड दिइएको काउन्सिलले उल्लेख गरेको छ ।
युवाका लागि राष्ट्रिय युवा नीति निर्माण गरी राष्ट्रिय युवा परिषद् गठनलाई पनि नेपालको युवा अधिकार बारेको उपलब्धी भनिएको छ ।

सर्बियाको राजधानी बेलग्रेड हालै आयोजित अन्तर–व्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनमा नेपालको संविधानले शान्तिपूर्ण रुपमा द्वन्द्व व्यवस्थापन तथा युवा सहभागिता र अधिकार बारे हासिल गरेको सफलतालाई पहिचान गरी अवार्ड प्रदान गरिएको थियो ।

आईपीयू, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र वल्र्ड फ्यूचर काउन्सिलद्वारा गठित निर्णायक मण्डलले नेपालालगायत अन्य आठ देशलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको थियो ।

सो अवार्ड आईपीयूमा सहभागी नेपालको संघीय संसदको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक कार्यक्रमका बीच ग्रहण गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’