पर्वतको पिपलटारीबाट ठुलो मात्रामा गुणस्तरहिन मदिरा बरामद

पर्वत । कुश्मा नगरपालिका १० पिपलटारिमा ठूलो परिमाणमा गुणस्तरहिन मदिरा बरामद गरिएको छ । सोमबार प्रहरी,उद्धोघ बाणिज्य सघ र जनप्रतिनिधिहरुको संयुक्त टोलीले अबैध मदिरा नियन्त्रणमा लिएको हो ।
पिपलटारी आसपासको क्षेत्रमा रहेका विभिन्न पसलहरुमा बिना दर्ता बिक्री वितरणका लागि लुकाइछिपाइ राखिएको णस्तरहिन बरामद गरिएको हो । मदिरा बरामद पश्चात अबका दिनमा बिना दर्ता कसैले अबैध मदिरा बिक्री बितरण गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिइएको सोहि वडाका वडा अध्यक्ष सुजन बिकले बताए ।
गाउँघरमा छ्याप्छ्याप्ती पाइने मदिराका कारण दशैँ तिहारमा हिंसात्मक घटना हुनसक्ने भएकाले प्रहरीले केही दिन अघि जिल्लाका सबै स्थानीय तहमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरी अवैध मदिरा बरामद गर्दै आएको छ ।