पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । दोलखाका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश पूर्णेश्वर प्रसाद उपाध्यायको इजलाशले उनलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनी आइतबार अदालतमा हाजिर भएका थिए ।
२०७४ वैशाखको स्थानीय चुनावलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो ।
खड्काले सांसद गुरुङसमेतको संलग्नतामा आफूमाथि आक्रमण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । सोही आधारमा उनीमाथि पक्राउ पूर्जी जारी भएको थियो ।