पर्वत प्रहरीको सक्रियता- भंगारामा अन्तरकृया, शहीदमा बिपद् न्युनीकरण सम्बन्धी सचेतना कार्यक्रम


पर्वत / जिल्ला प्रहरी कार्यालय पर्वतले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्लाका बिभिन्न ठाउँहरुमा अन्तरकृया र सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
प्रहरीले फलेबास नगरपालिका– ९ भंगारामा शान्ति सुरक्षा तथा समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ भने कुस्माको शहीदस्मारक आवासिय माबिमा बिपद् न्युनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।
भंगारामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी श्यामु अर्यालले जिल्लाको शान्ति सुरक्षाको अबस्था र समाजमा हुने अपराधिक घटना हुन नदिन समुदायको भूमिका बिषयमा बोल्नुभएको थियो । उहाँ पर्वतमा ठुला अपराधिक घटना नभए पनि मदिरा सेवन र घरेलु हिंसाका घटना बढी भएकाले समुदायले नै यस्ता घटना न्युनीकरणका लागि जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न जरुरी भएको बताउनुभयो । उहाँले प्रहरीले अपराधिलाई कुनै पनि हालतमा दबाब र प्रभाबका आधारमा छाड्न नसकिने बताउँदै घटना हुनै नदिन समुदाय सचेत हुनुपर्छ भन्नुभयो ।
फलेबास नगरपालिका वडा नं ९ का वडा अध्यक्ष गंगाधर शर्माले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने बिषयमा जनप्रतिनिधीहरु प्रहरी संग सहकार्य गरेर अघि बढ्न सधै तयार रहेको छ भन्नुभयो ।
भंगारा प्रहरी चौकीमा भएको कार्यक्रममा प्रहरी चौकी भंगराका ईन्चार्ज प्रहरी हवल्दार राजेन्द्र बस्नेत लगायतले आफ्ना धारणा राख्नुभएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।


यसैगरी समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कुश्मा नगरपालिका वडा नं. ६ स्थित शहिदस्मारक अवासिय माबिमा जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना र डिभिजन वन वन कार्यालय पर्वतको सकार्यक्रम विपद जोखिम न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
विपद जोखिम न्यूनीकरणका लागि अन्तराष्ट्रिय दिवस २०७६ का अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत कक्षा ८, ९ र १० का विधार्थीहरुलाई सचेतनामुलक प्रशिक्षण सम्पन्न गरिएको हो ।
विद्यालयका प्रिन्सीपल केशवराज पुरीको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय पर्वतका सहायक वन अधिकृत बिमला लम्साल र जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी सहायक निरीक्षक अर्जुन पौडेलले विपदको जोखिमबाट बच्न अपनाउनुपर्ने साबधानिहरु तथा आवश्यक प्रथमिक उपचारका बारेमा सचेतनामुलक प्रशिक्षण दिनुभएको थियो।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’