पर्वतका बृद्धबृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती

पर्वत /सदरमुकाम कुश्मास्थित गरिमा विकास बैंकको भीडभाड छिचोल्दै सोमबार फलेबास–३ का ओम गिरी करिव २ बजे काउण्टरमा पुगे  । ज्येष्ठ नागरिक भत्ता लिन काउण्टर पुगेका उनलाई कर्मचारीले फिर्ता गरे  ।
भत्तालाई व्यवस्थित गर्न ५ वर्षअघि तत्कालिन जिल्ला विकास समितिले सबै सर्वसाधारणको बैंक खाता अनिवार्य गरेको थियो । तत्कालिन समय पायक पर्ने बैंकमा सम्बन्धित गाउँविकास समितिका बृद्धबृद्धाको खाता खोलेर बैंकमार्फत भत्ता भुक्तानी थालेको हो । ३ वर्षसम्म लगातार बैंकबाट भत्ता बुझेका बृद्धबृद्धाले घरघरै भत्ता बुझाउन जनप्रतिनिधिलाई आग्रह गरेका थिए । जनप्रतिनिधिले पनि आफ्नो लोकप्रियताका लागि घरघरै भत्ता बितरण गर्न थालेका थिए। भत्ता घरघरै बितरण गर्ने क्रममा गतवर्ष बिहादी गाउँपालिकाको करिव २६ लाख रुपैंयाँ बाटोबाटै गायब भएको थियो ।कारण, उनको खाता निस्क्रिय भइसकेको थियो । हजुरआमाको भत्ता लिन पालो कुरेका फलेबास–४ का सुमन लम्साल पनि रित्तै फर्किए । गिरी र लम्सालजस्तै बैंकमा पालो कुरेका धेरै बृद्धबृद्धा सोमबार दिनभर खाता निस्क्रिय भएकै कारण फर्किनु पर्‍यो ।
उक्त घटनापछि जिल्लाका सबैजसो स्थानीय तहले भत्ता बैंकबाटै वितरण गर्न थालेका हुन् । ‘सुरक्षा लगायतका कारणले बैंकबाटै बितरण शुरु गरिएको हो,’ फलेबास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोतिराम सापकोटाले भने, ‘लाभग्राहीलाई केही समस्या भएको यथार्थ हो । तर, उत्तम विकल्प अरु भएन ।’

स्थानीय तहको निर्वाचनपछि आएका जनप्रतिनिधिले २ वर्ष घरघरै भत्ता बितरण गरेपनि त्यसले पारदर्शितामा शंका उव्जिएको स्वयं जनप्रतिनिधि बताउँछन् । ‘सबैलाई एउटै डालोमा राखेर हेर्न भएन,’ फलेबास–३ का अध्यक्ष अर्जुनबहादुर कार्कीले भने, ‘बिहादीको जस्तै भयो भने समस्या हुन्छ भनेर बैंकबाटै दिन थालियो ।’ फलेबासले तत्कालिन जिविसले वितरण गर्दा खोलिएको बैंक खातालाई सक्रिय बनाएर साविककै बैंकबाट भत्ता दिने व्यवस्था मिलाएको छ । नगरपालिकाले गरिमा विकास बैंक कुश्मा, फलेवास र मुक्तिनाथ बैंक कार्किनेटा लगायतबाट भत्ता वितरण शुरु गरेको छ ।

बैंकमा भत्ता लिन समस्या भए सहज उपाय छिटै खोजिने बैंकले जनाएको छ । ‘लामो समय कारोबार नगर्दा सबैजसो खाता निस्क्रिय छन्,’ कुश्मास्थीत गरिमा विकास बैंकका प्रबन्धक प्रेमनारायण अर्यालले भने, ‘हेड अफिसमा कुरा गरेर एक दुई दिनमै समस्या समाधान गरिनेछ ।’ सबै बृद्धबृद्धा उपस्थीत भएर खाता सक्रिय गराउन समस्या भएकाले वडाको सिफारिसमा नजिकको नातेदार वा वारेस बस्नेको हस्ताक्षरबाट चल्ने गरी व्यवस्था गर्न लागिएको बैंकले जनाएको छ ।

पर्वतमा मात्रै भत्ता लिनेको संख्या २८ हजार छ । हरेक चौमासिकमा करिव २५ करोड खर्च हुने अनुमान छ । भत्ता बैंकमार्फत लिन समस्या भएको भन्दै धेरैजसो बृद्धबृद्धाले गुनासो गरेका छन् । चुनावका बेला गाउँबाटै भत्ता दिन आग्रह गरेकोमा केहि समय सहज भएपनि अहिले पुरानै समस्या दोहोरिएकोमा ओम गिरीले गुनासो गरे । ‘चुनावपछि केही समय सजिलो भएको थियो,’ उनले भने, ‘अहिले फेरी उस्तै समस्या आइलाग्यो । भत्ता लिन सधैं बैंकमा आएर कसरी सकिन्छ ।’
कान्तिपुरदैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’