पर्वतको बाच्छामा आगालागीवाट घर जलेर नष्ट

पर्वत/ पर्वतको विहादी गाउँपालिका वडा नं. १ बाच्छामा आगालागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
गएराती साढे २ बजेको समयमा भएको आगालागीवाट स्थानीय वैकुण्ठ केसीको घर जलेर नष्ट भएको हो ।
खर र जस्ताले छाएको कच्ची घर जल्दा अन्नपात, लत्ताकपडा पुर्ण रुपमा जलेर नष्ट भएको विहादी गाउँपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार घरभित्र भएका लत्ताकपडा, अन्नपात, र केहि नगद समेत गरी झण्डै पाँच लाखको क्षति पुगेको छ ।
घरमा सुतिरहेका बैकुण्ठका दम्पत्ती घर वाहिर निस्कन सफल भएकाले मानविय क्षति हुन भने नपाएको प्रहरीले जनाएको छ । कुँडो पकाउन अगेनामा सल्काईराखेको आगोका कारण आगालागी भएको प्रहरीको अनुमान रहेको छ ।
रातीनै स्थानीय बाच्छा प्रहरी चौकी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो । अहिले पिडित परिवार आफन्तकोमा आश्रय लिएर बसिरहेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’