नेपाललाई ३.५ अर्ब चिनियाँ यूआन सहयोग गर्ने राष्ट्रपति सीको घोषणा- यस्तो छ सीको आजको कार्यसूची

काठमाडौं / नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले पहिलो दिनदेखि नै राजनीतिक भेटवार्ता थालेका छन्। उनले आइतबार पनि राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति सीले आइतबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। बिहान साढे १० बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपाका सचिवालय सदस्यहरुले सामुहिक भेटवार्ता गर्ने छन्। त्यसलगत्तै सी र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता हुने कार्यक्रम रहेको छ। प्रचण्डसँगको भेटपछि सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहान ११ बजे शिष्टाचार भेट हुनेछ। भेट लगत्तै द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिऐका छ। आइतबार मध्याह्न १२ बजेपछि स्वदेश फिर्ताका लागि विमानस्थल तर्फ जाने र दिउँसो १ बजे चीनका लागि प्रस्थान गर्ने कार्यक्रम छ। चिनियाँ राष्ट्रपति सी ले शनिबार बेलुका नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन्। यस्तै, प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरे।

नेपाललाई ३.५ अर्ब चिनियाँ यूआन सहयोग गर्ने राष्ट्रपति सीको घोषणा

चिनियाँ राष्ट्रपति सी चीनपिङले नेपाललाई सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब चिनियाँ यूआन सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्।  राष्ट्रपति विद्यादेवि भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको राजकीय भ्रमणका लागि आएका चिनियाँ राष्ट्रपति सीले आज राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित द्विपक्षीय उच्चस्तरीय वार्तामा सो घोषणा गरेका हुन्। यो सहयोग रकम आजको सटही दर अनुसार ५६ अर्ब १७ करोड रूपैयाँ भन्दा बढी हुन्छ।  नेपालीको जीवनस्तर उकास्नका लागि भन्दै उनले सो रकम सहयोग स्वरूप उपलब्ध गराउने घोषणा गरेका हुन् । त्यस अवसरमा नेपालमा कम्युनिष्ट पार्टीले शासन सम्हालेपछि गरेको विकासका लागि हार्दिक बधाई व्यक्त गर्दै चीनले शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तका आधारमा सम्बन्ध स्थापना गरेको र सबैका लागि सबैसँग मिलेर सम्बन्ध बलियो बनाउने प्रयास गरेको उनले बताए । उनले गरीबी निवारणका क्षेत्रमा चिनियाँ अनुभव सिक्न सकिने बताउँदै चीनमा यस्तो कार्य उद्देश्यअनुरुप भएको र ८० करोड मानिसलाई गरीबीबाट मुक्त गरिएको बताए ।  उनले हिमालपार रेलमार्ग निर्माण गर्न कठिन भए पनि यसको निर्माण गरिने स्पष्ट पारे  । चीनले रेल निर्माणका क्षेत्रमा विश्वमै अग्रणी भूमिका खेलेको बताउँदै यसमा चरणबद्ध रुपमा काम गर्न सकिने बताए ।  राष्ट्रपति सीले चीनको धेरै मुलुकसँग व्यापार असन्तुलन भएका स्थितिमा यसलाई समाधान गर्न सकिने विश्वास दिलाउँदै नेपालले प्रतिस्पर्धात्मक वस्तु निर्यात गर्न सक्ने बताए । नेपाललाई अन्तरराष्ट्रिय व्यापार एक्सपोमा सहभागी हुन आग्रह गर्दै चीनका व्यापारीलाई नेपालमा ठूला र गुणस्तरीय लगानी गर्न अभिप्रेरित गरिरहेकोसमेत जानकारी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’