पर्वतको पाङमा व्वाँसोको आक्रमणवाट एक बालक गम्भीर घाइते

पर्वत/ पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङमा शुक्रवार दिउँसो व्वाँसोको आक्रमणबाट एक बालक गम्भीर घाईते भएका छन् ।
दिउँसो ११ बजेको समयमा पाङ स्थित विन्दु नेपालीका ९ वर्षिय छोरा समर्पण नेपाली गम्भीर घाईते भएका हुन् । खेतमा खेलिरहेका उनलाई एक्कासी आक्रमण गरेपछि उनि अचेत वनेका थिए । मुख र दाँतमा गम्भीर चोट लागेकाले उनि बोल्न सक्ने अवस्थामा नभएको प्रहरीले जनाएको छ । घाइते बालकको जिल्ला अस्पताल पर्वतमा सामान्य उपचारपछि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए ।
स्थानीय जनप्रतिनिधि विरेन्द्र रिजालका अनुसार स्याल प्रजातीको व्वाँसोको आतंक उक्त गाउँमा बढ्दै गएको छ । अहिलेसम्म झण्डै सत्र जना घाईते भैसकेको उनले जानकारी दिए ।
रिजालका अनुसार यस अघि असोज २२ गते स्थानीय गणेश पौडेललाई चितुवाले आक्रमण गरेको छ । सोहि दिन देखि हालसम्म स्थानीय डिल्लीराज पौडेल, प्रेम श्रेष्ठ, सरोज मल्ल, खेम सुवेदी दिपेन्द्र सुवेदी, शंकर सुवेदी, झपटे दमै, पार्वती सुवेदी, नाम नखुलेकी स्थानीय बालिका कुनपा २ का सोमनाथ सुवेदी लगायतलाई पनि ब्वाँसोको आक्रमण गरेको थियो ।
कुश्मा नगरपालिकाको साविक पाङ गाविसका सवैजसो वडामा ब्वाँसोको आतंक रहेको रिजालले बताए ।