पर्वतको मुडिकुवामा कार दुर्घटना

पर्वत । जिल्लाको फलेवास नगरपालिका वडा न ४ मुडिकुवामा कार दुर्घटनामा परेको छ । फलेवासको खानीगाउँबाट कुश्मा आउँदै गरेको वा ६ च ६४६ नम्बरको कार मुडिकुवा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
गण्डकी प्रदेशका प्रहरी उपरिक्षक दिपक रेग्मीका अनुसार कारमा सवार मध्ये फलेवास ४ मुडिकुवाकी ५५ बर्षिकी शान्ति शर्मा पौडेल घाइते भएकी छिन । घाइते शर्मालाई उपचारका लागि पोखरा लगिएको छ ।
कारमा सवार ३ जना यात्रु मध्ये अन्य समान्य रहेको प्रहरी निरिक्षक रेग्मीले जानकारी दिए । कार सडकबाट अन्दाजी १२ मिटर तल झरेको थियो ।